Tuesday 17th March 2026

नाइजेरियामा साम्प्रदायिक हिंसा भड्किदा ८६ जनाको ज्यान गयो


नाइजिरियाको प्लेटो राज्यमा किसान र फिरन्ते गोठालाहरूबीचको हिंसामा कम्तीमा ८६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

बेरोम आदिवासी किसानहरूले फुलानी समुदायका गोठालाहरूमाथि आक्रमण गरेपछि बिहीवार हिंसा सुरु भएको विवरणमा प्राप्त भएका छन्। त्यसपछि शनिवारको प्रत्याक्रमणमा थप मानिसहरूको ज्यान गएको हो।

भूमिका लागि लड्दै आएका आदिवासी समूहहरूबीच सो क्षेत्रमा साम्प्रदायिक हिंसाको लामो इतिहास रहिआएको छ।

घटनापछि प्लेटो राज्यका तीनवटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
घटनापछि गाउँहरूमा गरिएका खोजबिनका क्रममा ८६ जना मारिएको र ६ जना घाइते भएको पाइएको सो राज्यका प्रहरी प्रमुख युन्डी एडीले बताए। उनका अनुसार ५० वटा घरका साथै १५ वटा मोटरसाइकल र दुईवटा गाडी पनि जलाइएको छ।

लागोसस्थित बीबीसीका संवाददाताका अनुसार पुरानो द्वन्द्व क्रूरताको नयाँ तहमा पुगेको छ। जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्यनाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भिडन्तहरू हुँदै आएका दृष्टान्त छन्। तर आक्रमण र प्रत्याक्रमणका घटना अहिले साम्प्रदायिक लडाइँमा परिणत हुन थालेका छन्।

गत वर्ष त्यस्ता आक्रमण र प्रत्याक्रमणमा हजारौँ मानिसले ज्यान गुमाएका छन्। फिरन्ते गोठालाहरू फुलानी आदिवासी हुन् जसमध्ये अधिकांश मुस्लिम छन् भने किसानहरू मुख्यतया ईसाई हुन्।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...