Sunday 6th September 2026

पोल्याण्डको अात्मघाती गोलका कारण सेनेगल विजयी


तितोपाटी – विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले विजयी सुरुवात गरेको छ। समूह ‘एच’ को खेलमा अफ्रिकी टोली सेनेगलले युरोपेली टोली पोल्यान्डलाई २–१ गोलले स्तब्ध बनाएको हो।

मस्को स्पार्कटक स्टेडियमममा पहिलो हाफको ३७ औं मिनेटमा पोल्यान्डका थिएगो सियोनेकले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता बनाएको थियो। काउन्टर अट्याकमा इद्रिसा गुइले प्रहार गरेको बल क्लियर गर्ने क्रममा थिएगोले आफ्नै पोस्टको जाली चुमाएका थिए।

पहिलो हाफ १–० गोलले अगाडि रहेको सेनेगलले दोस्रो हाफको ६०औं मिनेटमा अग्रता दोब्बर बनायो। सेनेगलका एमबाये नियाङले गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए।

दोस्रो गोल गरेपछि रक्षात्मक खेलेको सेनेगलको रक्षापंक्तिलाई पोल्यान्डका खेलाडीले भत्काउन सकेनन्। पोल्यान्डले आफ्ना स्टार खेलाडी रोबर्ट लेवान्डोवस्कीलाई सुरुवातदेखि नै मैदानमा उतारे पनि सेनेगलका रक्षकले नियन्त्रणमा राखेका थिए। जर्मन क्लब बायर्न म्युनिखका मुख्य खेलाडी समेत रहेका लेवान्डोवस्कीलाई नियन्त्रणमा राख्दा पोल्यान्डपछि परेको थियो।

खेलको ८५ औं मिनेटमा पोल्यान्डले फ्रिकिक पायो। पियोटर जिलिन्स्कीले प्रहार गरेको फ्रिकिकमा ग्रिजेगोर्ज क्रिचोविकले उत्कृष्ट गोल गरेका थिए। त्यसपछि पनि लगातार आक्रमण बुनेको पोल्यान्डले थप गोल गर्न नसक्दा पराजित भएको हो।

रुस विश्वकप अफ्रिकी टोली सेनेगलको दोस्रो सहभागिता हो। यसअघि सन् २००२ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा नै पहिलो खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेर सनसनी मच्चाएको सेनेगल त्यसबेला क्वार्टरफाइनलसम्म पुगेको थियो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...