Monday 12th January 2026

विदेश लैजाने भन्दै करोडाैं ठगी


तितोपाटी – विभिन्न देशमा आकर्षक तलब सुविधासहितको जागिर भन्दै राष्ट्रिय पत्रिकाहरुमा सुचना निकाल्दै सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढेको छ । बानेश्वरमा रहेको कोरल एजुकेशन कन्सल्टनेशी, रोएल एजुकेशन कन्सल्टेन्सी, रोएल एचआर सोलुशनले क्यानडा, अष्ट्रेलिय लगाएतका देशमा जाने सुवर्ण अवसर लगातका सुचना प्रकाशन गर्यो ।

यही देखेर सामाखुशीका गोविन्द रेग्मी, सुर्यविनायक विदुर घतानी, समिर तिवारी, भविष्य खड्का लगाएतका युवाहरु उक्त कन्सल्टेन्सीमा पुगे । यी दुवै कन्सल्टेन्सी र मेनपावर एकै व्यक्ति कृष्ण बहादुर सिकेको रहेछ । सिके ले उनिहरु सबैलाई फरक फरक समयमा क्यानडा, अमेरिकन क्रुज, रसियन क्रुज, अस्ट्रेलिया लैजाने भन्दै ५० हजार देखि ६ लाख रुपैया लिए ।

उनले पैसाको डिल आँफु गर्थे र कार्यालयका कर्मचारीलाई दिन लगाउँथे । अहिले उनी सम्पर्क विहिन छन् । कहिले काँही भारतमा छु भन्दै म्यासेज गर्छन् तर फेरी गाएव हुन्छन् । अहिले ५० जना भन्दा बढी युवाहरु कृष्ण बहादुर सिकेको खोजी गर्दै प्रहरी प्रशासन धाइरहेका छन् तर कसैले उनिहरुको कुरा सुन्दैनन् । प्रहरीले वैदेशीक रोजगारको केश हेर्दैनौ भन्छ भने वैदेशीक रोजगार विभागका अधिकारी यो कन्सल्टेन्सीको केश हो भन्दै पन्छिदै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...