Tuesday 16th December 2025

भारतको अासाममा भीषण बाढी


तितोपाटी – उत्तरी भारतीय राज्य आसाममा आएको बाढीमा परी कम्तीमा नौ जना स्थानीयको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

उत्तरपूर्वी राज्य आसामका छ वटा जिल्लामा आएको यस बाढीका कारण चार लाख ५० हजार व्यक्ति प्रभावित भएका छन् ।

सरकार सुरक्षाबल र स्थानीय वासिन्दाको सहयोगबाट करिब ६ हजार व्यक्तिको उद्धार गरिएको छ ।

यस बाढीका कारण करिब एक लाख ७३ हजार व्यक्ति विस्थापित भएका छन् । उनीहरुलाई आश्रयस्थल बनाएर राखिएको छ ।

भारी वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । के कति हराएका छन् भन्नेबारेमा खोजी शुरु भएको बताइएको छ ।

आसाम राज्यका कैयौँ जिल्लामा भारी बर्षापछि बाढी आएको उक्त राज्यको प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...