Tuesday 17th March 2026

भारतको अासाममा भीषण बाढी


तितोपाटी – उत्तरी भारतीय राज्य आसाममा आएको बाढीमा परी कम्तीमा नौ जना स्थानीयको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

उत्तरपूर्वी राज्य आसामका छ वटा जिल्लामा आएको यस बाढीका कारण चार लाख ५० हजार व्यक्ति प्रभावित भएका छन् ।

सरकार सुरक्षाबल र स्थानीय वासिन्दाको सहयोगबाट करिब ६ हजार व्यक्तिको उद्धार गरिएको छ ।

यस बाढीका कारण करिब एक लाख ७३ हजार व्यक्ति विस्थापित भएका छन् । उनीहरुलाई आश्रयस्थल बनाएर राखिएको छ ।

भारी वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । के कति हराएका छन् भन्नेबारेमा खोजी शुरु भएको बताइएको छ ।

आसाम राज्यका कैयौँ जिल्लामा भारी बर्षापछि बाढी आएको उक्त राज्यको प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...