Thursday 28th March 2024

‘पत्नीभक्त’ अभिषेक, ऐश्वर्याको आदेशपछि फिल्म छोडे


बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्महरुको अफर खासै आइरहेका छैनन् । र, बल्लबल्ल अफर आएको एउटा फिल्ममा पनि उनकी पत्नी ऐश्वर्या रायले काम गर्न रोकेकी छन् ।

सोनाली बोसले आफ्नो आगामी फिल्मका लागि प्रियंका चोपडाको अपोजिटमा अभिषेकलाई अफर गरेकी थिइन् ।  यो फिल्म मोटिभेसनल स्पिकर आइसा चौधरीको वास्तविक जीवनमा आधारित रहेर बन्न लागेको हो । १३ वर्षदेखि ‘पल्मोनरी फिब्रोसिस’ बाट पिडित आइसाको १८ वर्षको उमेरमा सन् २०१५ मा मृत्यू भएको थियो ।

यस फिल्ममा आयसाको रोलमा दंगलकी अभिनेत्री जायरा वसिम कन्र्फम भइसकेकी छन् । उनको बाबुको रोलमा अभिषेकलाई अफर गरिएको थियो । आमाको रोल पि्रयंकाले गर्ने बताइएको छ । पि्रयंकासँग अभिषेकले यसअघि ‘दोस्ताना’, ‘द्रोण’, ‘ब्लफमास्टर’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

अभिषेकले आफूलाई अफर आएका फिल्मको बारेमा ऐश्वर्यालाई नसोधि निर्णय लिन सक्दैनन् । यो फिल्मका लागि पनि उनले पहिले ऐश्वर्यालाई सोधे । तर, ऐश्वर्याले नगर्न सुझाव दिएकी छन् ।

फिल्मको केन्दि्रय पात्र आफू नहुने भएकाले ऐश्वर्याले फिल्म नखेल्न सुझाव दिएकी हुन् । बाबुको रोल गर्न थालेपछि भविष्यमा पनि फेरि यस्तै रोलमा मात्रै अफर आउने पनि उनको चिन्ता छ । पत्नीको सुझावपछि आफूले यो फिल्म नगर्ने जनाउ अभिषेकले निर्मातालाई दिइसकेका छन् ।

‘पत्नी भक्ती’ होस त अभिषेकको जस्तो ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...