Tuesday 6th October 2026

‘पत्नीभक्त’ अभिषेक, ऐश्वर्याको आदेशपछि फिल्म छोडे


बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्महरुको अफर खासै आइरहेका छैनन् । र, बल्लबल्ल अफर आएको एउटा फिल्ममा पनि उनकी पत्नी ऐश्वर्या रायले काम गर्न रोकेकी छन् ।

सोनाली बोसले आफ्नो आगामी फिल्मका लागि प्रियंका चोपडाको अपोजिटमा अभिषेकलाई अफर गरेकी थिइन् ।  यो फिल्म मोटिभेसनल स्पिकर आइसा चौधरीको वास्तविक जीवनमा आधारित रहेर बन्न लागेको हो । १३ वर्षदेखि ‘पल्मोनरी फिब्रोसिस’ बाट पिडित आइसाको १८ वर्षको उमेरमा सन् २०१५ मा मृत्यू भएको थियो ।

यस फिल्ममा आयसाको रोलमा दंगलकी अभिनेत्री जायरा वसिम कन्र्फम भइसकेकी छन् । उनको बाबुको रोलमा अभिषेकलाई अफर गरिएको थियो । आमाको रोल पि्रयंकाले गर्ने बताइएको छ । पि्रयंकासँग अभिषेकले यसअघि ‘दोस्ताना’, ‘द्रोण’, ‘ब्लफमास्टर’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

अभिषेकले आफूलाई अफर आएका फिल्मको बारेमा ऐश्वर्यालाई नसोधि निर्णय लिन सक्दैनन् । यो फिल्मका लागि पनि उनले पहिले ऐश्वर्यालाई सोधे । तर, ऐश्वर्याले नगर्न सुझाव दिएकी छन् ।

फिल्मको केन्दि्रय पात्र आफू नहुने भएकाले ऐश्वर्याले फिल्म नखेल्न सुझाव दिएकी हुन् । बाबुको रोल गर्न थालेपछि भविष्यमा पनि फेरि यस्तै रोलमा मात्रै अफर आउने पनि उनको चिन्ता छ । पत्नीको सुझावपछि आफूले यो फिल्म नगर्ने जनाउ अभिषेकले निर्मातालाई दिइसकेका छन् ।

‘पत्नी भक्ती’ होस त अभिषेकको जस्तो ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

प्रतिकृयाहरू
...