Saturday 11th April 2026

पोखराका मेयरले डोजर चलाउँदा पत्रकारसहित पाँचजना घाइते


पोखरा-लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् ।

कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेलसहित ५ जना फिर्के खोलामा खसेका थिए।

पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ भने पत्रकार अधिकारी उपचार पछि घर फर्किएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। श्रेष्ठ सामान्य छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मान बहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना भएको हो। मेयर जिसीले झुक्किएर डोजरको लिभर दवाउँदा डोजरको बकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलामा खसेका थिए।

पोखरा-लेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखि ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग बनाउने पोखरा महानगरको योजना छ।

पैदलमार्ग बनाउन फिर्के खोला वातावरण संरक्षण तथा वाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...