Monday 12th January 2026

पोखराका मेयरले डोजर चलाउँदा पत्रकारसहित पाँचजना घाइते


पोखरा-लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् ।

कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेलसहित ५ जना फिर्के खोलामा खसेका थिए।

पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ भने पत्रकार अधिकारी उपचार पछि घर फर्किएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। श्रेष्ठ सामान्य छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मान बहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना भएको हो। मेयर जिसीले झुक्किएर डोजरको लिभर दवाउँदा डोजरको बकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलामा खसेका थिए।

पोखरा-लेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखि ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग बनाउने पोखरा महानगरको योजना छ।

पैदलमार्ग बनाउन फिर्के खोला वातावरण संरक्षण तथा वाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...