Monday 12th January 2026

एक साता अघि सराङकोटमा मृत भेटिएकी महिलाको अहिलेसम्म पहिचान खुलेन


एक साता अघि पोखराको सराङकोटमा मृत भेटिएकी महिलाको हालसम्म सनाखत हुन सकेको छैन । कास्की प्रहरीका अनुसार जेठ २३ गते दिउसो पोखरा लेखनाथ महानगरपालिका बडा नं १८ सराङकोट स्थित देउराली घुम्तिको सडक किनार ठोट्नेखोला सामुदायिक जंगलमा फेला परेको महिलाको शबको पहिचान खुल्न नसकेको हो ।

अन्दाजी २५/३० बर्षकी महिलाको एक साता सम्म सनाखत हुन नसकेपछि प्रहरीले शबको तस्विर सहित पहिचानका लागि अपिल गरेको छ । बुधवार प्रेस बिज्ञप्ती जारी गर्दै कास्की प्रहरीले शब पहिचानको लागि अपिल गरेको हो । गहुँ गोरो वर्ण, मझौला शरीर , घाटीमा रातो पत्थर भएको गोलो लकेट सहितको रातो पोते,पहेँलो मंगल, सुत्र जस्तो मीनीहार , दुबै कानमा पहेलो लुर्कन, बाया हातमा दुई वटा र दाहिने हातमा एक औठी तथा सिउँदोमा सिन्दुर लगाएकी महिलालाई चिन्नुहुनेलाई सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

बेबारिसे अबस्थामा शब भेटिएपछि घटनास्थलको मुचुल्का उठाई पोष्ट मार्टम समेत गरिसकिएको र शव हाल पश्चिम क्षेत्रीय अस्पतालको शव गृहमा रहेको कास्की प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...