Saturday 4th April 2026

विदेशी भूमिमा पसिना बगाँउने, तर देशमा केही नगर्ने प्रवृत्ति वढी भयो- व्यवसायी शिवदेव पाण्डे


अर्घाखाँची जिल्लाको छत्रदेवमा जन्मीएका एक युवा । आफ्नो व्यवसाय सँगसँगै विभिन्न सामाजिक काममा सक्रिय व्यक्तीत्व । आफ्नो छुट्टै पहिचान बनाउँन सफल । एक सफल व्यवसायीसँग उहाँको व्यक्तिगत जिवन सहित समसामाहिक विषयमा हिन्दुखबर डटकमका सम्पादक घनश्याम पौडेलले गरेको कुराकानीको अंश

१. तपाईको परिचय दिनुहोस न ?
– सर्वप्रथम सम्पुर्ण सामाजिक सञ्जाल चलाउँनुहुनेमा मेरो नमस्कार मेरो नाम शिवदेव पाण्डे, छत्रदेव गाउँपालिका ६, ठूलापोखरामा मेरो घर पर्दछ ।

२. तपाई अहिले कहाँ, के पेशा गरेर बस्दै हुनुहुन्छ ?
– म होटल तथा रेष्टुरेन्ट व्यवसायी हो । म अहिले काठमाडौंको व्यवसाय गर्दै आईरहेको छु ।

३. कति वर्षको हुनुभयो, तपाईको घरमा कति जनाको परिवार हुनुहुन्छ ?
– म ३७ वर्षको भए । मेरो घरमा जन्मदिनुहुने बुवा आमा, २ जना भाइहरु, श्रीमती र १ छोरा गरी ७ जनाको परिवार छौं ।

४. बालबालिका जिवन कसरी विताउँनुभयो ?
– सामान्य तरिकाले सदरमुकाम सन्धिखर्कमा मेरो बाल्यकाल बितेको हो । प्राथमिक शिक्षा मैले युवा वर्ष जनता रविचित्र माध्यमिक विद्यालय हटारीनेटामा पढको थिए ।

५. कती वर्षदेखी व्यापार व्यवसायमा लाग्नुभयो ?
– मैले जान्दा मेरो बुवाले सन्धिखर्कमा होटल गर्नुहुन्थ्यो, गाँउ फर्के पछि पनि बुवाले किराना पसल शुरु गर्नुभयो, पसलमा बुवालाई सहयोग गर्दथे, पछि द्वन्द्वकालमा गाँउमा बस्ने अवस्था नभएकोले केही वर्ष विदेशी भूमिमा विताए, विदेशबाट फर्केपछि २०६५ साल देखि काठमाडौंमा व्यवसाय गरिरहेको छु र म यहीँ पेशाबाट सन्तुष्ट छु ।

६. व्यापार सँगसँगै कुन कुन संस्था तथा सामाजिक काममा आवद्ध हुनुहुन्छ ?
– म व्यवसायँ सँगसग‌‌ै धेरै संघसंस्थामा आवद्ध छु । प्रजातान्त्रिक विचार समाजको आजीवन सदस्य, सुचना तथा शुसासन अभियानको आजीवन सदस्य, अर्घाखाँची कलाकार समाज काठमाडौंको आजीवन सदस्य, नेपाल रेडक्रस सोसाईटी काठमाडौंको आजीवन सदस्य, नेपाली कांग्रेसको क्रियाशिल सदस्यपनी हुँ र म प्रदेश सभा २०७४ को निर्वाचनमा समानुपातिक सदस्यमा सिफारिसमा परेको व्यक्ती हुँ । साथै मैले हालसम्म २३ पटक रक्तदान गरेको छु र मरणोप्रान्त नेत्रदान पनि गरेको छु ।

७. नेपालमा व्यापार व्यवसायको भविष्य कस्तो लाग्छ तपाईलाई ?
– नेपालमा व्यापार व्यवसायको भविष्य राम्रै छ । हामीहरुमा मिहिनेत गर्ने बानी छैन, विदेशिने विदेशीभूमिमा पसिना बगाउने तर आफ्नो देशमा केही नगर्ने चलन छ । राज्यले पनि लगानीको शुरक्षाको ग्यारेन्टी गर्ने गरेको छैन, मिहिनेत र लगनशिल भएर काम गर्ने हो भने हरेक क्षेत्रमा सफलता मिल्छ ।

८. बढ्दो बेरोजगार र युवा विदेश तिर बढी आकर्षित हुदाँ युवालाई के सुझाव दिन चाहानुहुन्छ ?
– युवाहरुलाई नेपालमै फर्किन सुझाव दिन्छु, विदेशको कमाई भनेको असारको भेल जस्तै हो, त्यसमा कुनै दिगोपन हुदैन । विस्तारै राज्यले पनि युवा लक्षित कार्यक्रमहरु ल्याएर विदेशमा भएका युवाहरुलाई फर्किने वातावरण मिलाउदै जानुपर्छ । अहिले राज्यले कृषिक्षेत्रलाई प्राथमिकतामा राखेको छ, हाम्रो देश कृषि प्रधान देश पनि हो, व्यवसायीक तरिकाले युवाहरु पनि कृषिक्षेत्रमा लाग्नुपर्छ भन्ने सुझाव दिन चाहान्छु ।

९. तपाईलाई मन पर्ने खाना ?
– स्पेशल यो चिज मनपर्ने भन्ने छैन, नेपाली भएको नाताले मलाई नेपाली खाना दाल, भात, तरकारी अचार नै मनपर्छ ।

१०. तपाईलाई मन पर्ने नेता कुन र किन ?
– अलि अप्ठयारोमा पार्नुभयो, नेताहरु आ–आफ्नो ठाउँमा सबै राम्रा हुनुहुन्छ, सवैले आफ्नो ठाउबाट सक्दो भुमिका निर्वाह गर्नु भएको छ तर पनि नेता रोज्नै पर्दा नेपाली कांग्रेसको प्रवक्ता विश्वप्रकाश शर्मा मलाई मनपर्छ । उहाँको कला, जोश जागर देख्दा पार्टीलाई धेरै माथि लैजाने मैले देखेको छु । उहाँमा नेतामा हुनु पर्ने सम्पूर्ण गुण छ ।

११. अन्त्यमा केही ?
– अन्त्यमा हिन्दुखवरको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । संचार क्षेत्रमा धेरै खालका विकृतिहरु देखा परेका छन, हिन्दुखवर डटकम अनलाइनले मिडियामा आफ्नो छुट्टै स्थान बनाउन सफल रहोस, समाजमा हुने गरेका कृयाकलापलाई दुरुस्तै मिडियामा ल्याई, कसैलाई पक्षपात नगरी समाचार सम्प्रेषण गर्नु हुनेछ, यो सवैको साझा बनोस, सम्पूर्ण अर्घाखाँचीवासी, तथा देशवासीको विश्वासिलो अनलाइन पत्रिका बनोस र यो हेर्ने चाहना पनि छ । पुनः प्रगतीको कामना गर्न चाहान्छु ।
साभार- हिन्दुखबर डटकम


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...