Tuesday 17th March 2026

भारतको श्रीनगरमा पत्रकारको गोली हानी हत्या


भारतको जम्मू–कश्मीर राज्यको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार तथा राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीमाथि गोली हानी हत्या भएको छ । आफ्नो

कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि गोली प्रहार भएको इन्डिया टुडेले जनाएको छ ।

चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमाथि अन्धनधुन्ध गोली प्रहार गरेका थिए । बुखारीसँगै उनको गाडीमा रहेका अन्य दुई जना गम्भीर घाइते भएको बताइएको छ । पत्रकार बुखारीसँगै उनका पीएसकाे पनि मृत्यु भएकाे छ ।

राइजिङ कश्मीरका सह–सम्पादक इश्फाक नसीमले बुखारीको मृत्यु भएको पुष्टि गरेका छन् । जम्मु कश्मीरकी मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीकाे हत्या भएकाे खेद प्रकट गर्दै दु:ख व्यक्त गरेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...