Monday 12th January 2026

प्रहरीद्वारा घरेलु मदिरा नष्ट


ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको टोलीले १२० लिटर घरेलु मदिरा नष्ट गरेको छ। हरिवन नगरपालिका अन्तर्गत विभिन्न क्षेत्रबाट बरामद् गरिएको घरेलु मदिरा प्रहरीले बिहीबार बिहान नष्ट गरेको हो।

अवैघ रुपमा घरेलु मदिरा बनाएर बेचविखन कार्य नियन्त्रणका लागि अभियान नै चलाइएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए।

उत्तरी क्षेत्रका हरिवन, घुर्कौली, ढुंग्रेखोला, कर्मैया लगायत स्थानमा घरेलु मदिरा बनाई सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका विभिन्न स्थानमा बेचबिखन हुने गरेको प्रहरीले जनाएको छ। घरेलु मदिरा सेवनबाट कतिपयको ज्यान समेत जाने गरेको छ भने दर्जनौं बिरामी पर्ने गरेका छन्।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...