Monday 12th January 2026

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु


जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

घुस्मेली काँक्राखोरदेखि ताराखोला गाउँपालिकाको कार्यालय जाँदै गरेको ग १ ज ६०३४ नम्बरको जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुमा ताराखोला गाउँपालिका – ३ का वडा सदस्य समेत रहेका २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका अन्दाजी ५४ वर्षीय हरिराम गिरी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले बताए। दुर्घटनामा जीपका चालक ताराखोला -३ का डम्बरबहादुर घिमिरे र अन्दाजी ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाईते भएका छन्। घाईतेहरुलाई प्राथमिक उपचार केन्द्र हरिचौरमा ल्याईएको डिएसपी थापाले बताए। जीप मोटरबाटो देखि पाँच/छ सय मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...