Monday 5th October 2026

अाज बिश्वकप २०१८ को उद्घाटन हुँदै, पहिलो खेल रसिया र साउदी बिच


तितोपाटी – फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुने छ । यसको अलावा जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ ।

उदघाटन समारोहमा ब्राजिलियन फुटबलर पेले स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएका छन् तर रोनाल्डोलाई भने देख्न सकिने छ ।

विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ ।

विश्वकपको प्रतिस्पर्धामा ३२ टिम सहभागी हुनेछन् । यी टिमलाई आठ समूहमा बिभाजन गरिएको छ । एउटा समूहमा चार–चार राष्ट्र छन् । हरेक समूहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् ।

आइसल्याण्ड र पनामाले रुस विश्वकपबाट डेब्यू गर्दैछन् ।

रुस विश्वकपबाट पहिलोपटक भिडियो रेफरल प्रणाली प्रयोगमा ल्याइँदैछ ।

कस्तो होला रुस र साउदी अरबको प्रदर्शन ?

विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो ।

रुस १९६६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यसपछि रुसको प्रदर्शन लगातार खस्किँदै गयो । सन् २००६, २०१० मा रुस विश्वकपमा छनौट नै हुन सकेन । सन् २०१४ मा ग्रुप स्टेजबाट बाहिरिएको थियो । रुसले सन् २००२ मा विश्वकपमा एउटा पनि खेल जितेको थिएन ।

साउदी अरबले सन् २०१० र २०१४ मा विश्वकपमा स्थान बनाएको थियो । साउदी अरबको राम्रो प्रदर्शन १९९४ मा थियो । त्यतिबेला साउदी अरब प्रिक्वाटर फाइनलसम्म पुगेको थियो । तर सन् १९९८ देखि साउदी अरबले विश्वकपमा एउटा पनि म्याच जित्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...