Monday 12th January 2026

सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


कोरियामा सरकारी कोटामा १ वर्षको लागि पठाउने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नौ जना व्यक्तिबाट ७९ लाख ६५ हजार ८ सय रुपैयाँ ठगी गर्ने लमजुङ दुर्दी गाउँपालिका–२ घर भई ललितपुर महानगरपालिका ४ बस्ने ५३ वर्षका मिनबहादुर थापा र काठमाडौँ ९ बस्ने ३५ वर्षका जोसेफ श्रेष्ठलाई पक्राउ गरेको हो ।

थापालाई ललितपुरको लगनखेलबाट र श्रेष्ठलाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...