Saturday 21st March 2026

गल्ती गरे मेरै घरभेटीलार्इ पनि कार्वाही हुन्छ – प्रचण्ड


तितोपाटी – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले विकास निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई सरकारले कुनै संरक्षण नदिएको स्पष्ट पार्नु भएको छ ।

आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्माण कार्यमा लापरबाहि गर्ने ठेकेदार तथा कम्पनीलाई कारबाहि गर्न सरकार पछि नहट्ने बताउनुभयो ।

उहाँले आफ्नो घरबेटीलाइ बचाउन लागेको समाचारकोसमेत खण्डन गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ठेकेदारहरुले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यसमा कसैसँग सम्झौता हुँदैन । गल्ती गरेको भए मेरो घरभेटीलाई पनि कारबाही हुन्छ । राज्यभन्दा माथि कोही पनि छैन ।’

‘हामी मीडियालाई अंकुश लगाउने पक्षमा छैनौं । तर, अत्यन्तै भ्रामक समाचारहरु आउँदा चिन्ता लाग्छ’ प्रचण्डले भने, ‘मीडियाले आफ्ना लागि कोड अफ कन्डक्ट बनाउनुस्, हुँदै नभएका झुटा समाचार लेखेर तपाईहरुको नै विश्वासनीयता घट्छ ।

प्रचण्डले गृहमन्त्रीलाई दवाव दियो भन्नेजस्तो झुटो समाचार केही होइन ।’


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...