Saturday 21st March 2026

सिण्डिकेट अन्त्यसँगै धमाधम यातायात सेवा विस्तार


यातायात क्षेत्रमा सिण्डिकेट अन्त्यसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ । ‘हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो ।

सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोद सिलवाल, महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष वासुदेव शर्मा, ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ र ७ का वडाध्यक्ष नहकुल थापाले संयुक्त रुपमा बस सेवाको शुभारम्भ गरे ।

२७ सिटको टाटा कम्पनिको १३ वटा बसले सोमबारबाट पाटीचौर, धाराचौर, शंखादेवी, बिष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगञ्ज हुँदै बुढानिलकण्ठसम्म र फर्केर इमाडोलबाट आई टिकाथली, चाङ्गथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर निस्कनेगरी दायाँ र बाँया दुईतर्फी सवारी संचालनमा ल्याएका छन् ।

मनोरम प्राकृतिक सुन्दरताले भरिएको ललितपुरको पर्यटकीय क्षेत्र शंखादेवी र लामाटार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान काठमाडौंको बुढानिलकण्ठसँग बस सेवामार्फत् सिधा जोडेको छ । यसबाट आन्तरिक पर्यटनमा समेत टेवा पुग्नेछ ।

बस सेवाको शुरूमै उत्साह देखिएको छ । अबको दुई महिनाभित्र ३६ वटा बस संचालनमा आउने हामी सबैको यातायात कम्पनिका अध्यक्ष मोहन सापकोटोल बताए । बस सेवा संचालनमा आएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बस सेवा उद्घाटनमा महिला, वृद्धवृद्धाको समेत उल्लेख्य उपस्थिति थियो ।

उद्घाटनमा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यातायात सेवाको विकासका लागि आवश्यक सडक निर्माणमा आफू कटिवद्ध भएर लागेको बताए । उनले नगरपालिकालाई अन्य नगरपालिकाहरूसँग जोड्ने गरी यातायात संचालनमा ल्याउन चाहनेलाई प्रोत्साहित गरिने बताए ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...