Monday 30th March 2026

राैतहटमा १२ वर्षे बालकलार्इ अपहरण गरि गोली हानी हत्या


तितोपाटी – राैतहटको कटहरिया नगरपालिकाका–१२ वर्षीय बालकको अपहरण पछि हत्या भएको छ । अपहरणकारीले उनलाई गोली हानी हत्या गरी बाग्मती नदी किनारमा फालेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बालक शनिबार राति घरबाटै अपहरणमा परेका थिए ।

कटहरिया नगरपालिका–९ डुमरियाका अहेब दिलिप साहका १२ वर्षीय छोरा शनिदेवल भनिने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेको हो। उनको शव बाग्मती नदी किनारमा सोमबार बिहान फेला परेको हो। बालकलाई घरबाट १५ किलोमिटर पर गढीमाई नगरपालिका–५ बाग्मती किनारमा लगेर कञ्चटमा गोली प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक चतुर्भज ओझाले बताए।

अपहरण पछि जिल्ला प्रहरीले सिमावर्तीलगायत क्षेत्रमा चेकजाँच र सर्च अभियान चलाएको थियो। ‘शनिबार राति अपहरण गरी आइतबार नै हत्या गरेको हुनाले अपहरणकारीको मार्ने उदेश्य नै भएको देखिन्छ,’ प्रहरी निरीक्षक ओझाले भने, ‘घट्नामा संलग्न पक्राउ परे पछि मात्र हत्या भएको खुलेको हो।’
घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय गरुडाबाट निरीक्षक ओझा नेतृत्वको टोलीले कटहरिया–९ डुमरियाका शक्तिराय यादव, प्रविन राय यादव, सुनिल कुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका विनोदकुमार पटेल, रविकुमार पटेललाई पक्राउ गरेको थियो। उनीहरुले अपहरण पछि बालकको हत्या गरेको स्वीकारेका छन्। उनीहरुले घटना बारे प्रहरी समक्ष बयान दिए पछि हत्या गरी फालिएको स्थानमा पुगेर शव बरामद गरेको थियो।

राति दुई छोरीको बीचमा सुतिरहेका बालक युवराजलाई अपहरणकारीले लगेका थिए। उनीहरुले छतबाट तल कोठामा प्रवेश गरी बालकलाई अपहरण गरेका हुन्। छोरा अपहरणमा परेको अभिभावकले बिहान मात्र थाहा पाएका थिए। त्यस पछि अपहरणकारीले १ करोड फिरौती रकम माग गरेको प्रहरीले जनायो।

घटना पछि डुमरिया गाउँ शोकमग्न बनेको छ। अहेब दिलिपका युवराज एक्लो छोरा थिए। अपहरित बालकको खोजीमा जुटेका गाँउले शव भेटिएपछि शोकमग्न भएको दिलिपका आफन्त बैजु साहले बताए।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...