Saturday 21st March 2026

नेपाल प्रहरीमा ३ जना मात्र एअाइजी राखिने


तितोपाटी – सरकारले नेपाल प्रहरी ३ र सशस्त्रमा २ जना मात्र एआईजी राख्ने निर्णय गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एआईजीको संख्या घटाउने निर्णय गर्नुका साथै प्रहरीका अन्य दरबन्दी भने बढाउने निर्णय गरेको छ।

मन्त्रिपरिषदको निर्णय अनुसार अब नेपाल प्रहरीमा ३ जनामात्र एआइजी रहनेछन्। यस्तै सशस्त्र प्रहरीमा २ जना एआइजी रहनेछन्।

यस्तै नेपालको प्रादेशिक संरचनाअनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गरिने निर्णयसमेत आजको मन्त्रिपरिषदले बैठकले निर्णय गरेको छ।

यसअघि राजनीतिक भागबण्डाका लागि भन्दै नेपाल प्रहरीमा १६ जनासम्म एआईजीको दरबन्दी पुर्‍याइएको थियो।

मुख्यालयका २ जना र विभाग तथा प्रहरी एकेडेमीमा एक जना एआईजी राख्न लागिएको हो। नेपाल प्रहरीमा हाल प्रशासनतर्फ कोही एआईजी छैनन्। प्रहरी अस्पतालमा भने एआईजी कार्यरत छन्।

सशस्त्र प्रहरीमा पनि १० जनासम्म रहेकोमा अब २ जना मात्र हुनेछन्। सशस्त्रमा हाल ७ जना एआईजी छन्। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय भइसकेको छैन।

यसैगरी नेपाल प्रहरीलाई सबै स्थानीय इकाईमा लैजान एक हजार छ सय नेपाल प्रहरीको दरबन्दी खुलाइने निर्णय पनि आजको बैठकले गरेको छ। आगामी वर्ष तीन हजार एकसय एक प्रहरीको दरबन्दीका लागि गृहलाई स्वीकृति दिने बैठकको निर्णय छ। थप गर्न लागिएको दरबन्दीमा एक एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद रहेको सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...