Monday 12th January 2026

फाैजदारी अभियोग लागेका सांसद निलम्बित नहुने


तितोपाटी – प्रतिनिधिसभा संचालन नियमावली पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो ।

फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बन नहुने ब्यवस्थासहित प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेकाे हाे ।

यसअघि निलम्बनको ब्यवस्था हुनुपर्ने माग राख्दै संशोसन हाल्ने सांसदहरुले समेत संशोधन फिर्ता लिएपछि नियमावलीमा निलम्बन भन्ने शब्द नराखेको हो।

यो ब्यवस्थाले फौजदारी अभियोगमा थुनामा रहेका सांसद माननीयकै रुपमा रहने भएको छ।

निलम्बन हुनुपर्ने पक्षमा जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालमात्रै थिए। नियमावली लामो समय विवाद भएर रोकिएको थियो।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...