Saturday 11th April 2026

म्याच फिक्सिङ मुद्दाका सबैलार्इ सफाइ


तितोपाटी – अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ अर्थात् खेल मिलेमतो गरेको आरोपमा तीन वर्षअघि राज्यविरुद्धको अपराध गरेको अभियोग लगाइएका एक प्रशिक्षक, एक स्वास्थ्य सहायक तथा चार खेलाडीले विशेष अदालतबाट बिहीवार सफाइ पाएका छन्।

तत्कालीन राष्ट्रिय टोलीका खेलाडीहरू सागर थापा, रितेश थापा, सन्दीप राई र विकास सिंह क्षेत्री, अनि प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सफाइ पाएका हुन्।

विसं २०७२ साल कार्तिक महिनामा उनीहरूविरुद्ध ‘राज्य विप्लव’ को मुद्दा दायर भएको थियो। विशेष अदालतको संयुक्त इजलासले सबै अभियुक्तलाई सो मुद्दामा सफाइ दिएको हो।

राष्ट्रिय फुटबल टोलीले खेलेका एक दर्जनभन्दा बढी खेलहरूमा अवैधानिक रूपमा पैसा लिएर खेल हार्ने गरेको आरोप उनीहरूले खेपेका थिए।

एशियाली फुटबल महासंघ (एएफसी) ले भने म्याच फिक्सिङको प्रकरण सार्वजनिक हुनासाथ उनीहरू सबै जनालाई फुटबल खेल्नबाट आजीवन प्रतिबन्ध लगाइसकेको छ।

विशेष अदालतले फैसला सुनाउँदा डेजिव थापाबाहेक अन्य पाँच जना उपस्थित थिए। मुद्दा चल्दा थापा विदेशमा थिए र उनी मुद्दा खेप्न उपस्थित भएनन्।

म्याच फिक्सिङबारे कानुन
नेपालमा म्याच फिक्सिङको प्रकरण पहिलो पटक देखिँदा कानुनको अभाव देखिएको थियो।

उक्त प्रकरणपछि निर्मित फौजदारी कसुरसम्बन्धी विधेयकमा म्याच फिक्सिङलाई राष्ट्रहित प्रतिकूलको कार्य भन्दै दण्डको व्यवस्था गरियो।

फिक्सिङ गरेको प्रमाणित भए पाइएको रकम जफत गरी अभियुक्तलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ।

सट्टेबाजीको आरोप
केही हप्ताअघि अञ्जन केसी फुटबल र क्रिकेटका अन्तर्राष्ट्रिय खेलहरूमा बाजी खेलाउने गिरोहमा संलग्न भएको आरोपमा पुन: पक्राउ परेका थिए। तर पछि उनी धरौटीमा छुटे।

प्रहरीका अनुसार सो गिरोहले विभिन्न खेलहरूमा सट्टेबाजी गराएर करोडौँ रुपैयाँ बराबरको कारोबार गरेको थियो।

सो गिरोहका सदस्यमार्फत् एक व्यक्तिले २५ हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्मको बाजी खेल्ने गरेको प्रहरीको दाबी छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...