Saturday 20th April 2024

विवादमा प्रियंका


मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरिरहेको अमेरिकी सो ‘क्वान्टिको ३’को अन्तिम भाग प्रियंकाकै लागि समस्या बनेको छ । सोमा देखाइएको एक दृश्यका कारण प्रियंका ट्रोलको शिकार बनेकी छन्।

प्रियंकाको यो सोको तेस्रो सिजनको टिआरपी रेटिङ पनि सोचेअनुरुप माथि जान सकेको छैन । अन्तिम भागको एक दृश्यमा भारतीयलाई मार्ने योजना बनाइरहेको देखाइएको छ । दृश्यमा बममार्फत उक्त व्यक्तिलाई मार्ने अनि सबै दोष पाकिस्तानलाई दिने योजना बनाइएको छ ।प्रियंकाका प्रशंसक र सोका दर्शकले यो कुरा मन नपराएपछि सामाजिक सञ्जालमा प्रियंकाविरुद्ध आक्रोश बढेको हो ।

गत जुन १ मा रिलिज भएको सोमा एमआइटीका एक अध्यापकले युरेनियम पाइरहेको देखाइएको थियो जुन युरेनियममार्फत उनले एक परमाणु बम बनाउँछन् । उनको उद्देश्य न्युर्योकमा हुन लागेको भारत–पाकिस्तानबीचको शिखर वार्तामा बम पड्काएर त्यसको दोष पाकिस्तानलाई लगाउने हुन्छ ।केहीले सोप्रति आक्रोश पनि व्यक्त गरेको छन् । ‘यो तल्लो स्तरको एपिसोडलाई मैले सम्झन सकेकै छैन । उनीहरू हामीलाई के देखाउन चाहन्छन्,’ एक दर्शकले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रियंकाले यो सोको तीन सिजनमा काम गरिसकेकी छन् । उनको एलेक्स पेरिसको भूमिकालाई दर्शकले पनि निकै रुचाएका थिए । केही दिन यता स्वदेशी तथा विदेशी मिडियामा प्रियंकाको प्रेम सम्बन्धलाई लिएर चर्चा परिचर्चा पनि भइरहेको छ । गत मेमा प्रियंकालाई अमेरिकी गायक निक जोन्ससँग केही स्थानमा सँगै भेटिएपछि उनीहरूबीच प्रेम अंकुराइरहेको चर्चा चलेको थियो । प्रियंका बलिउडमा भने करिब तीन वर्षपछि ‘भारत’मा देखिँदैछिन् । अलि अब्बास जफरको निर्देशन रहने फिल्ममा सलमान उनको जोडीकोे रूपमा रहनेछन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...