Monday 6th April 2026

‘हस्तमैथुन’ सिनले स्वरा भास्कर ट्रोलको शिकार भएपछि यस्तो जवाफ


बलिउड अभिनेत्री स्वरा भास्कर फेरी एकपटक सोशल मिडियामा ट्रोलको शिकार भएकी छिन् । हालै सार्वजनिक भएको फिल्म ‘वीरे दी वेडिङ’को एक दृश्यको कारण उनलाई उडाइएको हो ।

खासमा फिल्ममा स्वरा भास्करले एक सिनमा हस्तमैथुन गरिरहेको देखाइएको छ । यही दृश्यलाई लिएर दर्शकले ठट्टा गरेका छन् । उनीहरुले यो दृश्य ‘आपत्तिजनक’ समेत भन्दै ट्वीट गरेका छन् । स्वरालाई भद्दा गाली पनि गरिएको छ ।

फिल्ममा स्वराको भूमिकालाई कतिले चाहि ‘महिला शसक्तिकरण’सँग जोडेर सकारात्मक प्रतिक्रिया दिएका छन् । यसरी आफ्नो भूमिकाको विषयमा आएको नानाथरी प्रतिक्रियामा स्वराले पनि मौनव्रत लिएकी छैनन् । उनले मुखभरीको जवाफ फर्काएकी छिन् ।

फिल्मको उक्त दृश्यलाई ट्वीटरमा आरती अग्रवाल नामकी प्रयोगकर्ताले ‘सफ्ट पोर्न’ भनेकी छिन् ।

उनले लेखेकी छिन्, ‘स्वरा भास्करले सफ्ट पोर्न हलिउडबाट कपि गरेका छन् । तर, यसलाई भारतमा प्रतिवन्ध लगाइएको छैन ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘स्वरा भास्करको हस्तमैथुन सिन बोल्ड छ, तर यो नमुना होइन । यस्तो गर्नु फेमिनिजमलाई ठेस पुर्‍याउनु जत्तिकै हो । स्क्रीनमा कुनै पुरुषले पनि यस्तै गरेको देखाइएमा त्यो रुचीकर हुँदैन ।’

कति प्रयोगकर्ताले के पनि लेखेका छन् भने, ‘स्वरा भास्कर, मैले आफ्नो हजुरआमासँग फिल्म हेरें र त्यसबेला एकदमै लाज लाग्यो, जब हस्तमैथुनवाला सिन आयो । बाहिर निस्किसकेपछि हजुरआमाले भन्नुभयो कि, म हिन्दुस्तान हुँ, यस्तो फिल्म देखेर मलाई लज्जावोध भएको छ ।’

यस्ता अनेक किसिमको प्रतिक्रियापछि स्वरा भास्कर चुप लागेर बस्ने कुरै भएन । उनले तात्तातो जवाफ फर्काएकी छिन्, ‘यस्तो लागिरहेको छ कि, कुनै आइटी सेलले टिकट स्पन्सर गरिदिएको छ, वा फेरी ट्वीट त पक्कैपनि ।’ यसका साथै स्वराले यो पनि ट्वीट गरेकी छिन् कि, ‘म आशा गर्छु कि, आफ्नो वाक्यलाई त बदल । नभएपनि कम्तीमा शब्दको मात्रा जाँच गरी ट्वीट गर ।’

फिल्म ‘वीरे दी वेडिङ’ मा स्वराका साथै करीना कपुर, सोनम कपुर र शिखा तलसानिया पनि छिन् । चार युवतीमा आधारित फिल्म हो, जो जिन्दगीलाई आफ्नो सर्तमा जिउन चाहन्छन् ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...