Monday 6th April 2026

जोन्सले पट्याइसके, प्रियंकाकी आमाले पत्याइनन्


बलिउड नायिका प्रियंका चोपडा हलिउड गायक निक जोन्ससँग प्रेममा फ्रिसिन् भनेर भारतमा उनका फ्यानहरुबीच ठूलो आतंक छ । यद्यपि, प्रियंकाकी आमा मधुले भने आफ्नी छोरीले विदेशीसँग बिहे नगर्ने बताउँदै अफेयरको खन्डन गरेकी छिन् । तर, उनलाई के थाहा प्रियंका र जोन्सको प्रेम कति गहिराईमा पुगिसकेकेा छ भन्ने कुरा ।

जोन्सले प्रियंकाप्रति आफ्नो प्रेम खुलेरै प्रकट गर्न थालेका छन् । हालै प्रियंकाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् । त्यो फोटोमा उनी आफ्ना दुई साथीहरुसँग बर्गर खाँदै मस्ति मुडमा देखिएकी छन् । जोन्सलाई यो फोटोमा प्रियंकाको हाँसोले खुबै लोभ्याएछ । उनले लेखेका छन्, ‘वाह यो मुस्कान ।’ यति मात्र नभएर उनले लभको सिम्बोल पनि राखेका छन् ।

हुन त प्रियंकाकी आमाले भनेजस्तै लभको सिम्बोल राख्दैमा लभ भएकै हुनुपर्छ भन्ने छैन । तर, यो जोडी बारम्बार लठारिएर हिँडेको अवस्थामा भेटिन थालेको छ । जोन्ससँग घुम्दा प्रियंका निकै खुशी देखिन्छिन् । पछिल्लो समय उनीहरु एउटै ब्ल्याङ्केटमा घुसि्रएको तस्वीर सार्वजनिक भएको थियो । त्यसो त एउटै ब्ल्यांकेटमा घुस्रिदैमा पनि लभ परेकै हुनुपर्छ भन्ने के छ र ?

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...