Saturday 10th January 2026

जोन्सले पट्याइसके, प्रियंकाकी आमाले पत्याइनन्


बलिउड नायिका प्रियंका चोपडा हलिउड गायक निक जोन्ससँग प्रेममा फ्रिसिन् भनेर भारतमा उनका फ्यानहरुबीच ठूलो आतंक छ । यद्यपि, प्रियंकाकी आमा मधुले भने आफ्नी छोरीले विदेशीसँग बिहे नगर्ने बताउँदै अफेयरको खन्डन गरेकी छिन् । तर, उनलाई के थाहा प्रियंका र जोन्सको प्रेम कति गहिराईमा पुगिसकेकेा छ भन्ने कुरा ।

जोन्सले प्रियंकाप्रति आफ्नो प्रेम खुलेरै प्रकट गर्न थालेका छन् । हालै प्रियंकाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् । त्यो फोटोमा उनी आफ्ना दुई साथीहरुसँग बर्गर खाँदै मस्ति मुडमा देखिएकी छन् । जोन्सलाई यो फोटोमा प्रियंकाको हाँसोले खुबै लोभ्याएछ । उनले लेखेका छन्, ‘वाह यो मुस्कान ।’ यति मात्र नभएर उनले लभको सिम्बोल पनि राखेका छन् ।

हुन त प्रियंकाकी आमाले भनेजस्तै लभको सिम्बोल राख्दैमा लभ भएकै हुनुपर्छ भन्ने छैन । तर, यो जोडी बारम्बार लठारिएर हिँडेको अवस्थामा भेटिन थालेको छ । जोन्ससँग घुम्दा प्रियंका निकै खुशी देखिन्छिन् । पछिल्लो समय उनीहरु एउटै ब्ल्याङ्केटमा घुसि्रएको तस्वीर सार्वजनिक भएको थियो । त्यसो त एउटै ब्ल्यांकेटमा घुस्रिदैमा पनि लभ परेकै हुनुपर्छ भन्ने के छ र ?

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...