Monday 6th April 2026

श्रद्धा कपुर सामाजिक संजालमा भार्इरल


तितोपाटी – श्रद्धा कपूर यति बेला बलिउडकी चर्चित र व्यस्त नायिका हुन । श्रद्धा कपूर बलिउड सुपरस्टार शक्ति कपूरका छोरी हुन । श्रद्धाले आफ्नो बलिउड यात्रा ‘तीन पत्‍ती’ फिल्मबाट शुरूवात गरेकी थिइन ।

यो फिल्म त्यति चलेन तर श्रद्धाको अभिनयको भने सर्वत्र प्रशंसा गरिएको थियो । र फिल्‍मफेयर अवार्डका लागि नवोदित अभिनेत्री नोमिनेट पनि भएको थियो ।

त्यसपछि श्रद्धाले फिल्म ‘लवका द इण्ड’ (प्रेमको अन्त्य) मा अभिनय गरिन । तर फिल्‍म ‘आशिकी २’ ले उनलाई बलिउड इन्डिष्टीजमा नायिकाको रुपमा स्थापित गर्यो । त्यसपछि श्रद्धालाई पछाडि फर्किएर हेर्नु परेको छैन ।

त्यसपछि ‘एक भिलेन’ जस्तो बलिउडकै सुपरहिट फिल्ममा श्रद्धाको मुख्यभूमिका थियो । सोही फिल्म शुटिङको क्रममा सन २०१४ मा उनले एक फोटोग्राफरलाई दूव्र्यवहार गरेर निकै आलोचित भइन । जसका कारण उनलाई फिल्मका सफलता पार्टीमा पत्रकारहरुले श्रद्धालाई बहिष्कार समेत गरेका थिए ।

त्यस्तै उनको विभिन्न अभिनेताहरुसँगको सम्बन्धका विषयमा पनि बेलाबखत चर्चा हुने गर्छ । फिल्म आशिकी २ को सफलतापछि उनको नाम आदित्य रय कपूरसँग जोडेर मिडियामा खबरहरु छापिएका थिए । अहिले भने श्रद्धाको सम्बन्ध भारतका चर्चित लेखक जावेद खानको छोरा फरहान खानसँग प्रेम सम्बन्ध रहेको चर्चा चलिरहेको छ ।

तर श्रद्धाको भर्खरै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा श्रद्धाले खुला फोटो गरिरहेको देख्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...