Friday 9th January 2026

श्रद्धा कपुर सामाजिक संजालमा भार्इरल


तितोपाटी – श्रद्धा कपूर यति बेला बलिउडकी चर्चित र व्यस्त नायिका हुन । श्रद्धा कपूर बलिउड सुपरस्टार शक्ति कपूरका छोरी हुन । श्रद्धाले आफ्नो बलिउड यात्रा ‘तीन पत्‍ती’ फिल्मबाट शुरूवात गरेकी थिइन ।

यो फिल्म त्यति चलेन तर श्रद्धाको अभिनयको भने सर्वत्र प्रशंसा गरिएको थियो । र फिल्‍मफेयर अवार्डका लागि नवोदित अभिनेत्री नोमिनेट पनि भएको थियो ।

त्यसपछि श्रद्धाले फिल्म ‘लवका द इण्ड’ (प्रेमको अन्त्य) मा अभिनय गरिन । तर फिल्‍म ‘आशिकी २’ ले उनलाई बलिउड इन्डिष्टीजमा नायिकाको रुपमा स्थापित गर्यो । त्यसपछि श्रद्धालाई पछाडि फर्किएर हेर्नु परेको छैन ।

त्यसपछि ‘एक भिलेन’ जस्तो बलिउडकै सुपरहिट फिल्ममा श्रद्धाको मुख्यभूमिका थियो । सोही फिल्म शुटिङको क्रममा सन २०१४ मा उनले एक फोटोग्राफरलाई दूव्र्यवहार गरेर निकै आलोचित भइन । जसका कारण उनलाई फिल्मका सफलता पार्टीमा पत्रकारहरुले श्रद्धालाई बहिष्कार समेत गरेका थिए ।

त्यस्तै उनको विभिन्न अभिनेताहरुसँगको सम्बन्धका विषयमा पनि बेलाबखत चर्चा हुने गर्छ । फिल्म आशिकी २ को सफलतापछि उनको नाम आदित्य रय कपूरसँग जोडेर मिडियामा खबरहरु छापिएका थिए । अहिले भने श्रद्धाको सम्बन्ध भारतका चर्चित लेखक जावेद खानको छोरा फरहान खानसँग प्रेम सम्बन्ध रहेको चर्चा चलिरहेको छ ।

तर श्रद्धाको भर्खरै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा श्रद्धाले खुला फोटो गरिरहेको देख्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...