Thursday 2nd April 2026

पर्वतमा अपांग बालिका र किशोरीलार्इ बलात्कार गर्नेहरू पक्राउ


तितोपाटी – पर्वतमा अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।

पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ परेका हुन्।

म्याग्दी जिल्लाको साविक मल्कावाङ गाविस–१ स्थायी भई पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा बस्ने २६ वर्षीय मंगले भन्ने अनिल विकलाई प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । बिकले शुक्रबार राति १० बजे कुश्मा नगरपालिका–४ स्थित मांझमेला भन्ने स्थानको सामुदायिक जंगलको खाली ठाउँमा लगेर १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो।

घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतबाट ५०० मिटरको दूरीमा पर्छ । पीडित युवतीलाई तत्कालै जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो भने पीडकलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट म्याद थप गरिएको छ।

यसैगरी जलजला गाउँपालिका–७ का २० वर्षीय बाबुराम परियारलाई पनि १३ वर्षीया अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो । परियारले आइतबार बिहान १० बजेको समयमा पीडित बालिकाको घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए । त्यतिनै बेला पीडितकी आमाले देखेपछि उद्धार गरेर प्रहरीमा खबर गरेकी थिइन्।

पीडक परियारलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । पर्वतको कुस्मा नगरपालिका–८ चुवाका दुर्गाबहादुर क्षेत्री आफ्नै सालीलाई बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका थिए । पीडककी श्रीमती घरमा सुत्केरी छन् । रासस


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...