Friday 12th December 2025

नाइजेरियामा बन्दुकधारीद्वारा ११ जनाको हत्या


एजेन्सी – गत हप्तादेखि हिंसा झनै मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन ।

त्यहाँ लुटेराहरुको एक हतियारधारी समूहले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ११ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

जाम्फरा राज्यमा हिंसाको क्रम नरोकिएको र ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउँलेहरूको सम्पत्ति समेत लुटेर लगेको बताइएको छ ।

स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारीअनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँलेहरू ज्यान जोगाउन भागेका थिए ।

आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थलको अवस्था सामान्य बन्दै गएको उक्त राज्यका प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले भन्नुभयो ।

सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दाेष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिनुभयो ।


सम्बन्धित शीर्षकहरु

अमिताभ ठाकुरले हालै एक संवेदनशील राजनीतिक–अपराध मुद्दामा सार्वजनिक टिप्पणी/वीडियो जारी गरे, जसलाई “उत्तेजनात्मक, भ्रामक वा तनाव उत्पन्न गर्ने” भन्दै एफआईआर…

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि…

सीरियामा एक वर्षअघि बशर अल–असदले युद्ध जितेको मानिएको थियो, तर परिस्थिती अचानक उल्टियो। उत्तरी सीरियाको इदलिबबाट अहमद अल–शरा ९उपनामस् अबू…

प्रतिकृयाहरू
...