Friday 10th April 2026

ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने मनस्थितिमा मेलानीया


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैवाहिक जीवन धरापमा परेको छ।

इनटच विक्लीको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार हरेक दिन नयाँ महिलासँगको सम्बन्धबाट हैरान हुँदै प्रथम महिला मेलानिया राष्ट्रपति ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेकी हुन्।

मेलानियाले आफू प्रथम महिला हुने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको र यो आफ्नै चाहना नै नभएको बताएकी छिन्। साथै आफूले साधारण र सामान्य जीवन नै चाहेको बताइन। समाचार अनुसार ट्रम्पले आफूलाई समय नदिएको, परस्त्रीसँग बढी झुकाव रहेको संकेत समेत दिएकी छिन।

पोर्नस्टार ड्यानियल स्टोर्मीसँगको अफेयरको निरन्तर खबरले आफू अपमानित भएको र अन्य कुरामा पनि ट्रम्पले निरन्तर अवहेलनाको व्यवहार देखाएकाले आफू अलग हुन चालेको मेलानियाको भनाई रहेको एपीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...