Monday 27th October 2025

ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने मनस्थितिमा मेलानीया


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैवाहिक जीवन धरापमा परेको छ।

इनटच विक्लीको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार हरेक दिन नयाँ महिलासँगको सम्बन्धबाट हैरान हुँदै प्रथम महिला मेलानिया राष्ट्रपति ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेकी हुन्।

मेलानियाले आफू प्रथम महिला हुने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको र यो आफ्नै चाहना नै नभएको बताएकी छिन्। साथै आफूले साधारण र सामान्य जीवन नै चाहेको बताइन। समाचार अनुसार ट्रम्पले आफूलाई समय नदिएको, परस्त्रीसँग बढी झुकाव रहेको संकेत समेत दिएकी छिन।

पोर्नस्टार ड्यानियल स्टोर्मीसँगको अफेयरको निरन्तर खबरले आफू अपमानित भएको र अन्य कुरामा पनि ट्रम्पले निरन्तर अवहेलनाको व्यवहार देखाएकाले आफू अलग हुन चालेको मेलानियाको भनाई रहेको एपीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

प्रतिकृयाहरू
...