Wednesday 11th March 2026

नासाको मुख्यालयबाट शाहरूखको फिल्मको क्लाइमेक्स


तितोपाटी – फिल्म ‘जीरो’को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान अमेरिकास्थित नासा मुख्यालय पुगेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्षमा कलाइमेक्स शुटिङका लागि शाहरुख अभिनेत्री अनुष्का शर्मा र पुरै टिमसहित ४५ दिनका लागि नासा पुगेका हुन्। फिल्ममा नासाको रकेट र स्पेश शटल जस्ता उपकरण पनि देखाइनेछ।

अर्काे समाचारअनुसार शाहरुखले १४ वर्षपछि कुनै फिल्मको शुटिङ नासामा गरिरहेका छन्। यो भन्दा पहिले उनले २००४ मा प्रदर्शन भएको फिल्म ‘स्वदेश’को शुटिङ नासामा गरेका थिए।

आनन्द एल रायले निर्देशन गरिरहेको फिल्म ‘जीरो’को टीजर रिलिज भइसकेको छ। आगामी २१ डिसेम्बरमा प्रदर्शनमा आउने सम्भावना रहेको फिल्मको टीजरमा शाहरुख पुड्का भुमिकामा देखिएका छन्।

फिल्ममा शाहरुख र अनुष्काका अलावा कट्रिना कैफ, आर माधवन मुख्य भुमिकामा देखिने छन्।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...