Wednesday 11th March 2026

सुटिङ सेटमा बेहोस भए कार्यक्रम प्रस्तोता ! यता भारतीले श्रीमानसँग गरिन् दोस्रोपटक विवाह


भारतीय हास्यकलाकार भारती सिंह श्रीमान् हर्ष लिम्बाचियासँग च्याट शो ‘जज्बात’ मा चाँडै नै देखिनेछिन् । हालै सुटिङ सेटका केही फोटो सार्वजनिक भएका छन् जसमा कार्यक्रम प्रस्तोता राजिव खंडेलवाल बेहोस भएको देखिएका छन् । राजिव बेहोस हुने बित्तिकै उनको वरिपरि कार्यक्रमका क्रु मेम्बर्सको भीड लागेकोसमेत तस्बिरले बतायो भने कार्यक्रममा पाहुनाको रुपमा आएकी भारती निकै तनावमा परेको पनि देखियो ।

तर वास्तविकता त्योभन्दा भिन्न रहेछ । राजिवले भारतीलाई झुक्याउन प्र्यांकको योजना बनाएका थिए र उनी यसमा सफल पनि भए ।

राजिव बेहोस भएको घटनालाई भारतीले वास्तविक सम्झिइन् र उनी यो देखेर निकै तनावमा परिन् । धेरै बेरसम्म प्र्यांकलाई वास्तविक घटना बुझिरहेकी भारती भावुक पनि भइन् । यो देखेपछि कार्यक्रम प्रस्तोताले उनलाई अंगालो हाले ।

सेटमा भारतीले गरिन् दोस्रोपटक विवाहः

सेटमा भारतीले श्रीमान हर्षसँग दोस्रोपटक विवाह गरे । दुबैले एक–अर्कालाई माला लगाए । राजिवले भने ताली बजाइरहे ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...