Wednesday 11th March 2026

श्रीदेवीकी छोरी जान्ह्वीको म्यागजिनको लागि पहिलो फोटो सुट


एजेन्सी – श्रीदेवीकी जेठी छोरी जान्ह्वी कपुरले एक फेशन म्यागजिनका लागि पहिलोपटक फोटोसुट गराएकी छिन् । म्यागजिनको जून महिनाको संस्करणका लागि उनी कभर गर्ल पनि हुन् । उक्त फोटोसुटमा जान्ह्वी फ्लोरल प्रिन्टको आउटफिटमा देखिएकी छिन् । अर्को फोटोमा भने उनले हल्का हरियो रङको ड्रेस लगाएकी छिन् । म्यागजिनका लागि जान्ह्वीको फोटो फोटोग्राफर प्रसाद नायकले खिचेका हुन् ।

यसै म्यागजिनलाई जान्ह्वीले अन्तर्वार्ता पनि दिएकी छिन् । यस क्रममा उनले आफ्नी आमा श्रीदेवीलाई सम्झिएकी छिन् । उनले आमाको मृत्युपछिको दुखबाट कहिले पनि उत्रन नसक्ने बताएकी छिन् । यद्यपी, उनले आमाको मृत्युपछि छरिएको परिवार एक भएको बताएकी छिन् । उनले भनिन्, ‘आमाको मृत्युपछि पूरा परिवारले एक अर्कालाई साथ दिए । हामी एक अर्कालाई सहयोग र समर्थन गरिरहेका छौं । ’

जान्ह्वी थप्छिन्, ‘मलाई आफ्ना आमाबुवाप्रति गर्व छ र अब मैले पनि उहाँहरुलाई मप्रति गर्व महसुस गराउन केही गर्नुपर्छ । ’

दिवंगत आमाले उनलाई अभिनयबारे सिकाएको पनि उनले बताएकी छिन् । आमालाई उद्धृत गर्दै उनी भन्छिन्, ‘तिमीले कुन रोल पाउँछौ त्यो महत्वपूर्ण होइन, ठूलो कुरा यो हो कि तिमीले उक्त रोलमा कस्तो छाप छोड्छौ ।’

जान्ह्वी कपुर फिल्म धडकबाट बलिउडमा डेब्यू गरिरहेकी छिन् । उक्त फिल्ममा उनका को–स्टार शाहिदका भाइ ईशान खट्टर हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...