Wednesday 1st April 2026

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीका वारेमा अस्लिल पोष्ट गर्ने पक्राउ


तितोपाटी डट कम – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका बारेमा फेसबुकमा जथाभावी लेख्ने र पोष्ट गर्ने यहाँका एक युवकलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौं लगेको छ ।

प्रहरीले कावासोती नगपालिका–१ कोइलापानीका जुंगे भनिने सुरज भुसाललाई सोमबार उनकै घरबाट पक्राउ गरेको हो ।

भुसालले दुई साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा प्रधानमन्त्री ओली र मोदीको अंगालो हालेको फोटोमा मोदीको टाउकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको टाउको जोडेर जथाभावी लेखेका थिए ।

पूर्वी नवलपरासीका निमित्त प्रहरी प्रमुख लालध्वज सुवेदीले केन्द्रीय अनुसन्धान ब्यूरोले भुसालको फेसबुक स्टाटसका आधारमा पक्राउ गरेर बुझाउनु भन्ने आदेश दिएकाले भुसाललाई पक्राउ गरेर काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बुझाइदिएको बताए ।

भुसाललाई साइबर क्राइम अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...