Wednesday 28th January 2026

तर्साउन आउँदै सुनकेशरी


नायिका ऋचा शर्माको निर्माण तथा अभिनय रहेको हरर चलचित्र ‘सुनकेशरी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। चलचित्रको निर्देशन अर्पण थापाले गरेका हुन्।

चलचित्रकी निर्मात्री तथा नायिका ऋचाले हरर जनरामा बनेको चलचित्रबाट दर्शकले फरक स्वाद पाउने बताइन्। ‘नेपालमा यसअघि पनि हरर फिल्म नबनेका होइनन् तर स्तरीय थिएनन्’, ऋचा भनिन्, ‘चलचित्रको छायांकन अस्ट्रेलियामा गरिको र अहिलेसम्म एक करोड ३० लाखभन्दा बढी खर्च भइसकेको छ।’ नेपालमा आफूले खोजेको जस्तो लोकेसन नपाएका कारण अस्ट्रेलियामा छायांकन गरिएको उनको भनाइ थियो। सुनकेशरी आफ्नो अभिनयका लागि च्यालेन्जिङ काम भएको ऋचाले बताइन्।

निर्देशक अर्पण थापाले भने, ‘उच्च स्तरीय हरर फिल्म बनाउने कोसिस गरेका छौं, फिल्मले दर्शकको राम्रो साथ पाउनेछ।’ ‘फिल्म हेरेर मनोरञ्जन लिने सोचका साथ हलमा जाने हो भने दर्शकलाई मन पर्छ तर हरर फिल्म भनेको छ, हेरौं न मलाई तर्साउन सक्छ कि सक्दैन भन्ने मेन्टालिटीका साथ गएमा मन नपर्न पनि सक्छ’, थापाले भने।

सुनकेशरीसँग कुनै पनि नयाँ चलचित्र नजुँधेका कारण आफूहरूलाई सहज भएको निर्माण पक्षको भनाइ छ। चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रवीन्द्र झा, सुनील पराजुली, तमन्ना शर्मालगायतका कलाकारको अभिनय छ। शर्मिला सापकोटा र धर्मराज अधिकारी फिल्मका सहनिर्माता हुन् भने कार्यकारी निर्माताका रूपमा मनोज अधिकारी छन्। फिल्मको कथा निर्देशक थापाले नै लेखेका हुन्।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...