Monday 24th February 2025

जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन्


तितोपाटी-नेपाली भूभागका जनकपुरबासीलार्इ भारतीय भनेपछि  सुष्मा स्वराजले माफी मागेकी छन् । 

सोमबार नयाँ दिल्लीस्थित विदेशमन्त्रालयमा भएको वार्षिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गरेको बताएपछि चर्को आलोचना सुरू भएको थियो ।

अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्मा लाखौँ भारतीयलार्इ प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुलार्इ  भारतीय कुटनीतिमा असाधारण सफलता भन्दै मंगलबार बोलेपछि सुष्माको कडा आलोचना सुरू भएको थियो ।

वार्षिक पत्रकार सम्मेलनका क्रममा भारत सरकारको ४ वर्षे उपलब्धिबारेको  पुस्तक विमोचन गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर सम्बोधन गर्ने पहिलो प्रधानमन्त्री भएको जिकिर गरेकी थिइन् ।

‘आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग जोडिने गरी सम्बोधन गरेका थिएनन् । नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुन्, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौँ भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गर्नुभएको छ’, सुष्माले यसो भनेको भिडियो यु ट्युबमा पनि राखिएपछि कडा आलोचना सुरू भएको थियो ।

सुष्माले जनकपुरको नाम लिए पनि जनकपुरमा भारतीयको उपस्थिति नगन्य रहेको छ । जनकपुरमा मोदी आउँदा एकाध हजार भारतीय बिहारबाट आए पनि नेपालीसहित ३० हजार भन्दा धेरै सहभागी भएका थिएनन् ।

सुष्माले करिब डेढ घण्टा लामो सवाल जवाफमा निकट छिमेकी नेपालसँगको सम्बन्ध, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे एक शब्द पनि बोलेकी थिइन्न । तर उनले जनकपुरमा मोदीले लाखौँ भारतीयलार्इ सम्बोधन गरेको विवादास्पद अभिव्यक्ति दिन भ्याइन् ।

विदेश मन्त्री सुष्माले चीन, पाकिस्तान, अमेरिका, माल्दिभ्स, बंगलादेश र म्यानमारसहितका देशसँगको सम्बन्धको खुलेर चर्चा गर्दा पालको नामै लिइनन् । तर बिहारसँग जोडिएको जनकपुरमा मोदीले गरेको सम्बोधनलाई  उनले भारतीय नागरिकलाई गरेको सम्बोधनको संज्ञा दिँदै विवादमा परिन् ।

भारतीय प्रधानमन्त्री मोदी गत वैशाख २८ गते जनकपुर हुँदै नेपाल भ्रमणमा निस्केका थिए । उनले जनकपुरको बाह्र बिघा मैदानमा नागरिक अभिनन्दनका क्रममा सम्बोधन गरेका थिए । सम्बोधनको आयोजना प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरेको थियो  । प्रदेश २ का विभिन्न जिल्लाबाट सर्वसाधारणलाई भोकै भोकै सहभागी गराइएको थियो ।

 

This was a mistake on my part. I sincerely apologise for this. pic.twitter.com/S1CpLv8uu0

— Sushma Swaraj (@SushmaSwaraj) May 28, 2018

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले संगमको पानी दूषित भएको रिपोर्टलाई अस्वीकार गरेका छन् । फेब्रुअरी 19 मा, सीएम योगीले केन्द्रीय…

होम्स, सिरिया: एक पटक बसर असद विरुद्ध क्रान्तिको राजधानी भनेर चिनिने होम्सले सिरियाको गृहयुद्धमा सबैभन्दा भीषण लडाइँ देख्यो। अहिले विस्थापितहरू…

प्रतिकृयाहरू
...