Monday 6th April 2026

पर्यटनमा सरकारको नारा ‘पहिला देश अनि विदेश’


तितोपाटी सरकारले पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको हो ।

आन्तरिक पर्यटनलाई प्राथमिकता दिँदै सरकारले ‘पहिला देश अनि विदेश’ नारा तय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । भारत र चिनीयाँ पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने र गुणस्तरीय पर्यटक भित्राउन सरकारले कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

भिजिट नेपाल २०२० घोषणा गर्दै सन् २०२० मा २० लाख पर्यटक भित्राउने योजना अघि सार्दै सरकारले यसका लागि पूर्वाधार निर्माणमा सरकारले सहुलियत दिने भएको छ । पर्यटन प्रवद्र्धनका लागि होटल ब्यबसायमा सरकारले अनुदान दिने घोषणा गरेको हो । पर्यटनका लागि नयाँ गन्तब्य पहिचान गर्ने पनि सरकारले बजेटमा उल्लेख गरेको छ । पर्यटकको तथ्यांकक सेटलाइटबाट संकलन गरिने योजना पनि सरकारले अगाडि सारेको छ ।-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...