Friday 16th January 2026

पर्यटनमा सरकारको नारा ‘पहिला देश अनि विदेश’


तितोपाटी सरकारले पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि पर्यटन प्रवद्र्धनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याएको हो ।

आन्तरिक पर्यटनलाई प्राथमिकता दिँदै सरकारले ‘पहिला देश अनि विदेश’ नारा तय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । भारत र चिनीयाँ पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने र गुणस्तरीय पर्यटक भित्राउन सरकारले कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

भिजिट नेपाल २०२० घोषणा गर्दै सन् २०२० मा २० लाख पर्यटक भित्राउने योजना अघि सार्दै सरकारले यसका लागि पूर्वाधार निर्माणमा सरकारले सहुलियत दिने भएको छ । पर्यटन प्रवद्र्धनका लागि होटल ब्यबसायमा सरकारले अनुदान दिने घोषणा गरेको हो । पर्यटनका लागि नयाँ गन्तब्य पहिचान गर्ने पनि सरकारले बजेटमा उल्लेख गरेको छ । पर्यटकको तथ्यांकक सेटलाइटबाट संकलन गरिने योजना पनि सरकारले अगाडि सारेको छ ।-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...