Monday 2nd March 2026

साप्ताहिक राशिफल(कात्तिक १६ गते देखि २२ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष 

राम्रा अवसर तथा शुभ समाचारले साता अनुकूल बनाउनेछन् । अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ । संयमताका साथ निर्णय लिनु उचित हुुन्छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तो लाभ लिन सकिनेछ । मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । घरायसी व्यवहारबाट टाढै रहनुहोला ।

वृष 

लगनशीलताले विविध अवसर जुटाउनेछ । मन मिल्ने साथीको सुझावप्रति विश्वास गर्दा पछि परिएला । आफ्नो कार्य दक्षताको चौतर्फी प्रशंसा हुनेछ । चुरो कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ ।

मिथुन 

आफ्ना सिर्जनशील रचनाले प्रेमी–प्रेमिकाको मन जित्न सकिनेछ । इष्टमित्रबाट प्राप्त सुझावले आफ्नो भलो नै गर्नेछ । सामाजिक सेवाले राम्रो प्रशंसा दिलाउनेछ । नीलो रंगको पहिरनले कार्यक्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ । राति अबेरसम्म भोजभतेरमा सहभागी हुँदा बेफाइदा हुन सक्छ ।

कर्कट 

रोजगारीका नयाँ क्षेत्र पहिचान गरी लाभ लिन सकिनेछ । मित्रको सहयोगबाट हौसला प्राप्त हुनेछ । सामाजिक क्षेत्रको लगानीले विदेश भ्रमणको अवसर जुटाउन सक्छ । प्रलोभन देखाउनेहरूबाट टाढै रहँदै प्रतिष्ठा जोगाउनुहोला । साताको अन्त्यमा स्वास्थ्यको ख्याल गर्नुपर्ने छ ।

सिंह

रोजगारीको अवसर जुट्ने सम्भावना छ । कला–कौशल देखाएर फरक पहिचान स्थापित गर्न सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित हुनुका साथै ठाकठुकसमेत पर्न सक्छ । वृद्ध–वृद्धाहरूलाई फलफूल तथा वस्त्र सहयोग गर्दा आशीर्वाद पाइनेछ ।

कन्या 

प्रियजनको सहयोगमा वैदेशिक यात्राको सम्भावना छ । तपाईंको पराक्रमको प्रशंसा हुनुका साथै कामको समेत मूल्यांकन हुनेछ । प्रेमी–प्रेमिकाबीच विवाद उत्पन्न हुनसक्छ । साताको अन्त्यमा बहुमूल्य उपहार प्राप्त हुने सम्भावना छ । सुनौलो रंग प्रेरणादायी सावित हुनेछ ।

तुला 

गुणस्तरीय व्यवसाय सुरु गर्न साझेदारबीच मत मिल्नेछ । सहयोगीहरूले नै षड्यन्त्र गर्न सक्छन्, सचेतता अपनाउनुहोला । युवायुवतीमाझ नयाँ परिचय स्थापित गर्न सकिनेछ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

वृश्चिक 

तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । प्रतिस्पर्धामा सफलता हात पर्नेछ । आवेशमा गरिएका कार्य परिणाममुखी नहुन सक्छन् । पहेंलो रंगको प्रयोग शुभ छ । पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।

धनु

आफन्त तथा अभिभावकको सुझावले तपाईंलाई व्यवहारिक बन्न प्रेरणा दिनेछ । सभा–सम्मेलन तथा तालिममा सहभागी हुन पाइनेछ । आफ्नो प्रतिभाले उच्च कदर प्राप्त गर्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा फाइदै होला । कसैप्रति छिटो विश्वास गर्ने बानीले पछि परिनेछ ।

मकर 

साता आनन्दमय रहनेछ । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । कार्य क्षेत्रका झिना–मसिना झन्झट भने कायम रहन सक्छन्, धैर्यताले ती झन्झटबाट उन्मुक्ति दिलाउनेछ । प्रेमी–प्रेमिकाले स–साना त्रुटि औंल्याउदा प्रेममा तुषारो लाग्न सक्छ । नीलो रंगको पहिरनले ऊर्जा प्रदान गर्दै कार्य सम्पन्न गर्न सहज बनाउनेछ ।

कुम्भ 

कार्य सम्पन्न गर्दा विवेक पुर्‍याए झमेलाहरू स्वत: निर्मूल हुनेछन् । प्रतिष्ठा एवं पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मासात् गरे नयाँ उचाइमा पुगिनेछ । मन पराउनेहरूसँग कम बोल्नु नै उपयुक्त हुन्छ । खरानी रंगको पहिरनले आशीर्वाद बर्साउनेछ ।

मीन 

आकर्षक पहिरनबाट अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता प्राप्त होला । पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । लगानीले गतिलो आम्दानी हात लगाउनेछ । साताको अन्त्यमा सार्वजनिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।


सम्बन्धित शीर्षकहरु

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

प्रतिकृयाहरू
...