Sunday 3rd August 2025

अाइपिएल २०१८ को उपाधि चेन्नइ सुपर किङले हात पार्यो


तितोपाटी डट कम – सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को उपाधि जितेको छ ।

मुम्बईस्थित वान्खेडे रंगशालामा हैदराबादले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य चेन्नाईले १९ औं ओभरमा २ विकेट गुमाउँदै प्राप्त गर्‍यो । चेन्नाईका लागि ओपनर सेन वाट्सनले शतक प्रहार गरे ।

फाफ डु प्लेसिसलाई १० रनमा गुमाएको चेन्नाईका लागि वाट्सन र सुरेश रैनाले बलियो साझेदारी गरेर जितको आधार तयार पारेका थिए । दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्ने क्रममा रैनाले २४ बलमा ३२ रनको योगदान दिए । वाट्सनले ५७ बलको सामना गर्दै ११ चौका र ८ छक्का मदतले नटआउट १ सय १७ रन जोडे । अम्बाटी रायडु २१ रनमा नटआउट रहे ।

त्यसअघि हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोडेको थियो । ओपनर श्रीभत्स गोश्वामी ५ रनमै पेभेलियन फर्किए पनि शिखर धवन र केन विलियमसनले इनिङ्स उकासे । धवनले २६ तथा विलियमसनले ४७ रनको योगदान दिए । सकिब अल हसनले १५ बलमा २३ रन जोड्दा कार्लोस ब्रेथवेटले २१ रन बनाए । युसुफ पठानले २५ बलमा ४ चौका र २ छक्का मदतले नटआउट ४५ रन जोडेपछि हैदराबादले ठूलो स्कोर खडा गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...