Friday 9th October 2026

अाइपिएल २०१८ को उपाधि चेन्नइ सुपर किङले हात पार्यो


तितोपाटी डट कम – सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को उपाधि जितेको छ ।

मुम्बईस्थित वान्खेडे रंगशालामा हैदराबादले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य चेन्नाईले १९ औं ओभरमा २ विकेट गुमाउँदै प्राप्त गर्‍यो । चेन्नाईका लागि ओपनर सेन वाट्सनले शतक प्रहार गरे ।

फाफ डु प्लेसिसलाई १० रनमा गुमाएको चेन्नाईका लागि वाट्सन र सुरेश रैनाले बलियो साझेदारी गरेर जितको आधार तयार पारेका थिए । दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्ने क्रममा रैनाले २४ बलमा ३२ रनको योगदान दिए । वाट्सनले ५७ बलको सामना गर्दै ११ चौका र ८ छक्का मदतले नटआउट १ सय १७ रन जोडे । अम्बाटी रायडु २१ रनमा नटआउट रहे ।

त्यसअघि हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोडेको थियो । ओपनर श्रीभत्स गोश्वामी ५ रनमै पेभेलियन फर्किए पनि शिखर धवन र केन विलियमसनले इनिङ्स उकासे । धवनले २६ तथा विलियमसनले ४७ रनको योगदान दिए । सकिब अल हसनले १५ बलमा २३ रन जोड्दा कार्लोस ब्रेथवेटले २१ रन बनाए । युसुफ पठानले २५ बलमा ४ चौका र २ छक्का मदतले नटआउट ४५ रन जोडेपछि हैदराबादले ठूलो स्कोर खडा गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...