Tuesday 13th October 2026

खेलकुदको विकास गर्न प्रदेश सरकार हरदम तयार: मुख्यमन्त्री राउत


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेलाडीहरुको जीवनयापनको व्यवस्था सरकारले नगरेसम्म खेलकुदको समग्र विकास हुन नसक्ने बताएका छन्।

मंगलबार जनकपुरमा आयोजित प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले खेलकुदको समुचित विकास गर्न सरकार प्रतिवद्ध हुनुपर्ने बताएका हुन्।

उनले भने,‘एन्फा नेतृत्व दरबारबाट निस्केर जनताको बीचमा आएकोमा धन्यवाद दिन चाहन्छौ, खेलकुदको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तैयार छ।’ एन्फाले जनकपुरमा गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले लामो समयको केन्द्रिकृत शासन व्यवस्थाका कारण उपेक्षामा परेको खेलकुद क्षेत्रले अब विकास गर्नेमा आफू विश्‍व रहेको बताए।

नेपालमा फुलटबलको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले युवाहरुलाई अनुशासित बनाउन समेत खेलकुदले मद्यत गर्न सक्नेहुनाले यसको विकासमा आफुहरुको ध्यान रहेको उल्लेख गरे।

यता, एन्फाका केन्द्रिय अध्यक्ष कर्माछिरिंग शेर्पाले एन्फा प्रदेश नम्बर २ को चन्द्रनिगाहपुरमा महिला टेक्निकल सेन्टरको स्थापना गर्न लागिएको जानकारी गराएका छन्। उनले निकट भविष्यमै पुरुष टेक्निकल सेन्टरको समेत स्थापना गर्ने समेत बताए।

अध्यक्ष शेर्पाले प्रदेश २को करिब १२ हजार विद्यार्थीलाई एक साथ सहभागि गराउने योजना आफुहरुले बनाएको समेत जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...