Saturday 13th December 2025

फुटबल खेलाडी आपसमा झगडा गरेपछि परे एन्फाको प्रतिबन्धमा


तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत गत सोमबार मैदानमै झगडा गरेका ६ खेलाडीलाई प्रतिबन्ध सहित आर्थिक जरिवानाको कारबाही गरेको छ । एन्फा अनुशासन समितिले झगडाको सुरुवात गरेका मनाङका जगजित श्रेष्ठ सहित ६ जना खेलाडीलाई कारबाही गरेको हो । मनाङ र मच्छिन्द्रबीचको खेल सकिएपछि दुवै पक्षका खेलाडीले एक आपसमा मैदानमै झगडा गरेका थिए ।

समितिले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र अशोक बराललाई पाँच खेल प्रतिबन्ध र १० हजार जरिवाना तथा रन्जन बिष्टलाई दु्ई खेल प्रतिबन्ध गरेको छ । यसैगरी मच्छिन्द्रका दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई दुई खेलको प्रतिबन्धको कारबाही गरेको छ ।झगडामा उत्रिएका मनाङका किड्स म्यानेजर शिव लामालाई खेलभर प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवानाको कारबाही गरिएको छ । एन्फाले दुवै क्लबलाई ५०–५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । मनाङ र मच्छिन्द्रबीचको खेल बराबरीमा सकिए लगत्यै मैदान रणभूमिमा परिणत भएको थियो । खेलाडीबीच हानाहान हुँदा प्रहरीको सहायतामा झगडा साम्य बनाइएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट…

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो…

नेपाली राजदूतावास, कुवेतको आयोजनामा कुवेतमा रहेका नेपाली नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर २०२५ मार्च…

प्रतिकृयाहरू
...