Friday 9th October 2026

इरानको दुर्भाग्य, स्पेनले १-० ले हरायो


तितोपाटी – विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनले इरानलाई १-० ले हराएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरे ।

त्यसको करिब १० मिनेटपछि इरानले स्पेनको पोष्टमा बल छिराए पनि त्यसले गोलको मान्यता पाएन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली चुमाएका थिए । तर, रेफ्रीले त्यसलाई अफसाइड दिए ।

गोल गरेको भनेर सेइद र इरानका समर्थकहरुले गरेको सेलिब्रेसन खेर गयो । भिडियो रेफ्रीले अफसाइड करार गरेपछि उनीहरु निराश बने ।

त्यसपछि कुनै पनि गोल हुनसकेन र स्पेनले १-० को नतिजा निकाल्दै महत्वपूर्ण तीन अंक थप्न सफल भयो । समूह ‘बी’ मा स्पेनको चार अंक भएको छ । यसअघि स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेलेर एक-एक अंक बाँडेका थिए ।

समूह ‘बी’बाटै बुधबार रातिको खेल जितेको पोर्चुगलको पनि समान चार अंक छ ।

सोही समूहबाट मोरक्कोलाई हराएको इरानको तीन अंक छ । लगातार दुई खेल हारेको मोरक्को भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब समूह ‘बी’बाट स्पेन र मोरक्को तथा पोर्चुगल र इरान भिड्नेछन् । विजेता नकआउट चरणमा पुग्ने छ ।

समूह ‘ए’ बाट विश्वकप आयोजक रुस र उरुग्वे नकआउट चरणमा पुगिसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...