Friday 9th October 2026

पोर्चुगलसँग हारेसँगै मोरक्को वर्ल्डकपबाट बाहिरियो


तितोपाटी – पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे ।

उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।

खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए ।

इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय आफ्नो नियन्त्रण राखेर हार भोगेको थियो । राम्रो अवसर बनाउने र खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी देखियो ।

पोर्चुगलसँगको हारसँगै समूह ‘बी’ रहेको मोरक्को बाहिरिएको छ । उसले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...