Sunday 5th May 2024

साप्ताहिक राशिफल(असार ६ गतेदेखि १२ गतेसम्म)


फलित ज्योतिषः राम प्रासद सिटाैला

मेष

प्रतिस्पर्धामा सफलता हात पर्नेछ । साथीभाइहरूले सहयोग गर्न तत्परता देखाउने समय आएको छ । मान्यजनहरूको सहयोगमा सहजै लक्ष्यमा पुगिनेछ । नयाँ मित्रहरूले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । चिसोसम्बन्धी समस्याले सताउने योग छ ।

वृष

व्यवसायबाट पर्याप्त लाभ लिन सकिनेछ । कामको सिलसिलामा रातो तथा पहेंलो रंगको प्रयोग कमै प्रयोग गर्नुहोला । साथीहरूसँग नयँ स्थानको भ्रमण हुन सक्छ । प्रतियोगितात्मक क्रियाकलापमा पुरस्कृत हुने सम्भावना छ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ । सोमबार तथा बुधबार महत्वपूर्ण कार्य सम्पन्न हुनेछन ।

मिथुन

सामाजिक कार्यको नेतृत्व गर्दा परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । बोलीको मधुरताका कारण विशिष्ट व्यक्तिहरूबाट यथेष्ट सहयोग पाइनेछ । सानातिना काममा अलमलिँदा महत्वपूर्ण काम छुट्न सक्छन् । आफ्नो प्रयासलाई तीव्रता दिन सके अपेक्षाअनुरुप सफलता हात लाग्नेछ । याक्रा गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला ।

कर्कट

जुत्ति बुद्धि तथा कलाकौशल देखाएर प्रशंसकहरू बटुलिनेछ । केही दिनको अन्तरमा मन पराउनेसँग भेट हुँदा मनका बह पोखिनेछन् । रोजगारी प्राप्त हुने सम्भावना छ । परोपकारी कार्यमा त्यति मन जाने छैन । खर्चको मात्र बढे पनि थुप्रै आवश्यकता पूरा हुनेछन् ।

सिंह

परोपकारमा रुचि बढ्नेछ । स–साना उपहारसमेत प्राप्त हुने देखिन्छ । मित्रहरूबाट हौसला प्राप्त होला । आफूसँग भएको क्षमता प्रर्दशन गर्ने अवसर जुट्नेछ । अधुरा कार्य सम्पन्न हुनेछन् । यात्राको सिलसिलामा पूण्य आर्जन समेत हुनसक्छ । वातावरण सहज बनाउन अपेक्षाभन्दा बढी खर्च गर्नुपर्ला ।

कन्या

यात्राले आकस्मिक लाभ दिलाउनेछ । तपाईंको मेहनत एवं लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । गरिब तथा असाहयहरूलाई गरिएको सहयोगले प्रशंसा पाउला । टाढिएका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । मित्रहरूले दिएको महत्वपूर्ण जिम्मेवारी धैर्यपूर्वक सम्पन्न गर्नु होला ।

तुला

तालिम, प्रतियोगिताजस्ता कार्यक्रममा सहभागी हुने वातावरण बन्दैछ, जसले तपाईंमा थप निखार ल्याउनेछ । रोजगारीका लागि नयाँ क्षेत्रको ढोका खुला हुनेछ । सामाजिक कार्यमा खर्चिएको समयले विदेश भ्रमणको अवसर जुराउन सक्छ । मौसमअनुरूप खानपानमा ध्यान दिनुहोला । चन्द्रमाको आराधनाले व्यवसायलाई थप उचाइमा पुर्‍याउनेछ ।

वृश्चिक

नयाँ क्षेत्रमा पद बहाल गर्ने अवसर जुट्न सक्छ । स–साना त्रुटिका कारण उत्कृष्ट हुनबाट पछि परिएला । सरकारी तवरबाट विशेष कार्य गर्ने अवसर मिल्न सक्छ । कालो रंगको पहिरन फाप्ने देखिँदैन । मन मिल्ने साथीसँग खुसी साट्न पाउँदा आफूमा सकारात्मक ऊर्जा सञ्चार हुनेछ ।

धनु

विपरित लिंगीसँगको खटपटमा साथीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरी विवाद मत्थर तुल्याउनेछन् । प्रेमी–प्रेमिकाको सुझावको समर्थन गर्दा प्रेम अझ प्रगाढ हुनेछ । उत्ताउलोपनले परिणाममुखी कार्य सम्पन्न गर्न ढिलाइ हुन सक्छ । नगद सापटी लिएका साथीहरूले आर्थिक समस्यामा पार्न सक्छन् । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

मकर

स्थान परिर्वतन गरी थालिएका व्यवसायले अपेक्षाभन्दा बढी मुनाफा दिनेछ । विदेशी साथी तथा अभिभावकको सहयोगबाट विभिन्न समस्याको समाधान खोज्न सकिनेछ । नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । सामाजिक उत्सवमा सरिक हुँदा आर्थिक सहयोग प्रदान गर्न कन्जुस्याइँ नगर्नु होला ।

कुम्भ

प्रेम सम्बन्धमा ढिलो निर्णय गर्दा विशेष फाइदा हुनेछ । करियर निर्माण तथा धन आर्जनका लागि समय उपयुक्त छ । पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ । अर्काको देखासिकी गर्दा व्यवसायिक काम पनि ओझेलमा पर्न सक्छ । मनेरञ्जनमा सामेल हुँदा समय तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन

आफ्नो नामबाट अरूले नै फाइदा उठाउन सक्छन् । सोमबारपछि परिवारजनसँग टाढाको यात्रा होला । व्यवसायको सिलसिलामा अन्य मुलुकको यात्रा गर्नुपर्ने हुनसक्छ । चिरपरिचित मित्रहरूलाई आर्थिक सहयोगको वचन नदिनुहोला । रचनात्मक कार्यका कारण गर्दा अपजस स्वतः टरेर जानेछ ।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...