Sunday 21st December 2025

आइसीसी यू-१९ विश्वकपको छनोट खेलमा नेपालले सिंगापुरलाइ २१७ रनले हरायो


तितोपाटी-आइसीसी यू-१९ विश्वकपको छनोट खेलमा नेपाली टोलीले सिंगापुरमाथि २१७ रनकाे सहज जीित निकालेको छ। टस हारेर ब्याटिङकाे निम्ता पाएको नेपाली टोलीले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रन बनाएको थियो।

२८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमै अलआउट बन्न पुग्यो। पहिले ब्याटिङ गरेको नेपालले ओपनर रित गौतमलाई १ रनमै गुमाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए भने पवन सर्राफले उत्कृष्ट ४७ रन बनाउन सफल रहे। त्यस्तै, भीम सार्कीले २६ रन बनाउँदा कुशल मल्लले १० रन, रसिद खानले ४८ रन र कमल सिंह ऐरीले आक्रामक ३१ रन बनाए।

यता, बलिङ तर्फ पवन सर्राफले सर्वाधिक ३ विकेट लिए भने कुशल मल्ल र सूर्य तामाङले समान २/२ विकेट लिए। त्यस्तै रशिद खानले १ विकेट लिए।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुर सहभागी छन्। नेपालले दोस्रो खेल चैत ३० गते बलियो प्रतिद्वन्द्वी मानिएको संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेल मलेसियासँग वैशाख २ गते खेल्दै छ भने चौथो खेल ओमानसँग वैशाख ३ गते र अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...