Saturday 10th October 2026

आइसीसी यू-१९ विश्वकपको छनोट खेलमा नेपालले सिंगापुरलाइ २१७ रनले हरायो


तितोपाटी-आइसीसी यू-१९ विश्वकपको छनोट खेलमा नेपाली टोलीले सिंगापुरमाथि २१७ रनकाे सहज जीित निकालेको छ। टस हारेर ब्याटिङकाे निम्ता पाएको नेपाली टोलीले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रन बनाएको थियो।

२८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमै अलआउट बन्न पुग्यो। पहिले ब्याटिङ गरेको नेपालले ओपनर रित गौतमलाई १ रनमै गुमाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए भने पवन सर्राफले उत्कृष्ट ४७ रन बनाउन सफल रहे। त्यस्तै, भीम सार्कीले २६ रन बनाउँदा कुशल मल्लले १० रन, रसिद खानले ४८ रन र कमल सिंह ऐरीले आक्रामक ३१ रन बनाए।

यता, बलिङ तर्फ पवन सर्राफले सर्वाधिक ३ विकेट लिए भने कुशल मल्ल र सूर्य तामाङले समान २/२ विकेट लिए। त्यस्तै रशिद खानले १ विकेट लिए।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुर सहभागी छन्। नेपालले दोस्रो खेल चैत ३० गते बलियो प्रतिद्वन्द्वी मानिएको संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेल मलेसियासँग वैशाख २ गते खेल्दै छ भने चौथो खेल ओमानसँग वैशाख ३ गते र अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।


सम्बन्धित शीर्षकहरु

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

प्रतिकृयाहरू
...