Sunday 21st December 2025

क्रिकेटको दुनियामा विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दिप लामिछाने


तितोपाटी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै यो किृतिमानी कायम गरेका हुन् ।

सन्दीपले जनवरीयता खेलेका सबै खेलमा गरेर २७ विकेट लिएका छन् । बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेलेको खेलमा सन्दीपले चार विकेट लिएका थिए । त्यस्तै यूएईसँगको तीन टि–२० सिरिजमा उनी पाँच विकेट लिन सफल भएका थिए ।

युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्न गएका सन्दीपले ४ विकेट लिएका थिए । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपले २७ विकेट पुगाउदै यो कृतिमानी कायम गरेको हो ।

सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् । सन्दीप अहिले दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका छन् । उनले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएका थिए ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...