Saturday 25th October 2025

विश्वकपका लागि काठमाडौं प्रशासनले जारी गर्‍यो १० बुँदे सूचना


जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकप फुटबलको सार्वजनिक प्रदर्शन गर्दा कुनैपनि शुल्क उठाउन नपाउने व्यवस्था गरेको छ। प्रशासन कार्यालयले सोमबार १० बुँदे सूचना जारी गर्दै प्रशासनको अनुमतिमा मात्र फुटबल देखाउन पाइने व्यवस्था समेत गरेको छ।

त्यस्तै फुटबल प्रदर्शन गर्ने ठाउँमा अनिवार्य सिसीटिभी राख्नुपर्ने सूचनामा उल्लेख छ। प्रशासनले खेललाई लिएर जीत हारमा बाजी राख्न समेत प्रतिबन्ध लगाएको छ। सूचनामा भनिएको छ – खेलको हार जीत लगायतको विषयलाई लिएर कुनैपनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन पाइने छैन।

विश्वकप फुटबलको २१ औं संस्करण आउने बिहीबारदेखि रूसमा सुरू हुँदैछ। प्रशासन कार्यालयले खेल सुरु हुनु तीन दिन अघि नै सूचना प्रकाशित गरेको हो।

प्रशासन कार्यालयले आयोजकले फुटबल प्रदर्शन गर्दा अनिवार्य रुपमा स्थानीय सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने व्यवस्था गरेको छ। साथै विश्वकप हेर्दा होहल्ला गर्न समेत नपाइने सूचनामा उल्लेख छ।

हेर्नस् सूचना

-सेतोपाटीबाट

सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

प्रतिकृयाहरू
...