Sunday 28th June 2026

अब मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न सकिने


तिताेपाटी -सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ ।

वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसकेर प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्रापकको च्याटबक्सबाट स्वतः डिलिट हुनेछन् ।

तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । अर्थात् यसरी मेसेज डिलिट गर्न चाहनेले मेसेज पठाएको १० मिनेट भित्रमा डिलिट गर्नुपर्नेछ । अन्यथा प्रापकको च्याटबक्सबाट मेसेज हट्ने छैनन् ।

मेसेन्जरमा थप गरिएको त्यो फिचर ह्वाट्सएपको डिलिट फर एभ्रिवन फिचर जस्तै रहेको छ ।

यो फिचर थप गरिएसँगै अब यदि तपाईंले कसैलाई भुलबस मेसेन्जरमा मेसेज पठाउनुभयो भने चिन्ता मान्नु पर्दैन । १० मिनेटभित्रमा त्यसलाई डिलिट गर्न सक्नुहुनेछ र त्यति बेलासम्म प्रापकले तपाईंको मेसेज नहेरेको पनि हुन सक्दछ ।

अहिलेसम्म मेसेन्जरमा प्रयोगकर्ताले केवल आफ्नो च्याटबक्सबाटमात्र मेसेज डिलिट गर्न सक्दथे । पठाइसकेका मेसेज प्रापकको च्याटबक्सबाट समेत हटाइदिने फिचर उपलब्ध थिएन । तर मेसेन्जरमा अनसेन्ड फिचर थप गरेसँगै अब प्रापकको च्याटबक्स बाट पनि मेसेज डिलिट हुनेछन् ।

स्मरणरहोस् फेसबुकका सीईओ मार्क जुकरबर्गका लागि निकै अघिदेखि नै यो फिचर उपलब्ध थियो । जुकरबर्गले कसैलाई पठाएका मेसेजहरु प्रापकको च्याटबक्सबाट समेत हटाइदिने गरेको कुरा सार्वजनिक भएसँगै फेसबुक प्रयोगकर्ताहरुले यस्तो फिचर सबैका लागि उपलब्ध गराउन माग गरेका थिए ।

अन्ततः मंगलबारबाट फेसबुकले विश्वव्यापी रुपमा सबै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराउन सुरु गरेको छ । सम्पूर्ण मेसेन्जर प्रयोगकर्ताको एपसम्म यो फिचर पुग्न केही समय भने लाग्नेछ ।

कसरी प्रयोग गर्ने ?

तपाईंले कसैलाई मेसेन्जरमा पठाएको मेसेजमा ट्याप गर्ने । १० मिनेट भित्रमा त्यो गरिसकेको हुनुपर्नेछ । त्यसरी ट्याप गर्दा तपाईंले पहिले देख्ने गरेको delete बटनको साटो Remove for you”, र  “Remove for everyone  गरी दुई विकल्प हुनेछन् । यदि तपाईंले दोस्रो अप्सनमा ट्याप गर्नुभएमा तपाईंले पठाएको सो मेसेज प्रापकको च्याटबक्सबाट पनि डिलिट हुनेछ ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा दुई वटा शक्तिशाली भूकम्प आएपछि अहिलेसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्। दोस्रो भूकम्प…

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

प्रतिकृयाहरू
...