Saturday 17th January 2026

कविताः चालीस वर्ष -नारायण कोइराला


सरकारी विज्ञापन हेरें खुसी भए
नोकरी खुलेछ
प्राइभेट कम्पनी हेरें
त्यहाँ पनि नोकरीको विज्ञापन
आँखा तानेर हेरें
कामै लागेन
संस्थाको विज्ञापन हेरें
नोकरी त खुलेकै हो
यहाँ पनि फापेन
वडा र नगरको
सुविधाका प्याकेज हेरें
सबै पढ्दै गए
अझै त केही गर्न सक्छु भन्ने
आँट पनि गरे
अनि आफ्नो नागरिकता हेरें
उमेर चालीस कटेछ
सत्तरी बर्से तन्नेरीहरुले
बनाएको नियममा
उमेरले चालीस पुग्ने त
सबै कामको लागि
अयोग्य पो हुँदोरहेछ।

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...