Wednesday 8th April 2026

कविताः चालीस वर्ष -नारायण कोइराला


सरकारी विज्ञापन हेरें खुसी भए
नोकरी खुलेछ
प्राइभेट कम्पनी हेरें
त्यहाँ पनि नोकरीको विज्ञापन
आँखा तानेर हेरें
कामै लागेन
संस्थाको विज्ञापन हेरें
नोकरी त खुलेकै हो
यहाँ पनि फापेन
वडा र नगरको
सुविधाका प्याकेज हेरें
सबै पढ्दै गए
अझै त केही गर्न सक्छु भन्ने
आँट पनि गरे
अनि आफ्नो नागरिकता हेरें
उमेर चालीस कटेछ
सत्तरी बर्से तन्नेरीहरुले
बनाएको नियममा
उमेरले चालीस पुग्ने त
सबै कामको लागि
अयोग्य पो हुँदोरहेछ।

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...