Saturday 17th October 2026

स्थानीय तह निर्वाचनः आज देशभर बिहानैदेखि मतदान


स्थानीय तहको निर्वाचन-२०७९ को मतदान अहिले बिहान सात बजेदेखि नेपालभर सुरु भएको छ ।

संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन अन्तर्गत यसपाली दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । वि. सं. २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।

बहुदलीय व्यवस्था पुनर्बहालीपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ ।

निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ । देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ । ७९ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने जनाए पनि ६५ वटाले मात्रै उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन् ।

यससँगै नेपाल र नेपालीका लागि लामो प्रतीक्षाको दिन अन्त्य भएको छ । सङ्घीय शासन व्यवस्थाअन्तर्गत स्थानीय तहका लागि दोस्रो निर्वाचनको दिन आज नेपालीका लागि ठूलो पर्व, ठूलो महोत्सव र एक किसिमको ठूलो मेला पनि हो । नेपाली जनता यो महोत्सवमा सहभागी हुन उत्साहित रहेको पाइएको छ । फेरी पनि जुन ठाउँको मतदाता नामावलीमा नाम छ त्यहीँ पुगेर मतदान गर्नुपर्ने बाध्यता हुँदा कतिपय देश भित्रकै मतदाता मतदाता नामावली भएको स्थानमा पुग्न नसक्दा मताधिकारबाट बन्चित हुनु परेको छ भने नेपालमा अनलाइन मार्फत भोटिङको व्यवस्था गर्न नसक्दा विदेशमा रहेका नेपालीले मतदानमा सहभागिता जनाउन नपाउनु अर्को पीडा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...