Wednesday 8th April 2026

शोभा कडरिया कोइरालाको गजल संग्रह – ३


स्वागत गरे नियमित वर्षात सम्झिएर ।
रित्तिएको झोली भर्ने सौगात सम्झिएर ।

बिझ्यो काँडा मुटु भित्र छायो मन अधेरोले
मूर्च्छित हुन्छु घरि घरि कालो रात सम्झिएर ।

झरि बनि नयन बाट उर्लिरहन्छ खहरे
सुरुवाती प्रेमिल तिम्रा बात सम्झिएर ।

पलभरमै खोस्यौ खुसी रसाउँछ आँखा
गरिब माथि भै रहने बज्रपात सम्झिएर ।

बाढी पैह्रो चारै तिर रोइरहेछन बस्तीहरु
प्रकृतिको यति कठोर घात सम्झिएर ।

-शोभा कडरिया कोइराला
पाल्पा


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...