Thursday 19th March 2026

सिडियो साबहरुले बाढी पहिरो रोक्ने रे नेपालमा, हास्यास्पद नीति


अम्बरिश पोख्रेल-
१. शहर बजारमा बाढी आउनु अगाडि नै बाढीको व्यवस्थापन गर्नु पर्छ तर सरकारले सम्पूर्ण कुरा सिडियोको जिम्मामा छोडेको छ । जुन हास्यास्पद छ ।

२. हावाहुरी, बतास,चट्याङ तथा खडेरी आउँछ विनास गर्छ । पीडित वर्षौसम्म पीडित भएको देखिन्छ । सिडियोले हेर्नु पर्छ । खडेरीको त सरकारले सूचना बटुलेको समेत थाहा छैन ।

३. बाढी, पहिरो, अति वृष्टि, खण्ड वृष्टि, क्लाउड ब्रष्ट, मुसलधारे पानी, भारी वर्षा आदि जल उत्पन्न प्रकोपले बर्सेनि सयौ नेपाली परिवारलाई पीडित बनाउँछ। सरकारले यसको व्यवस्थापन एउटा सिडियोको जिम्मा छोडेको छ ।

४. देशको सिमानाको रक्षा वा रेखदेख मात्र होइन, सिमानाको निर्धारण समेत सरकारले त्यही सिडियोलाई छोडेको छ । सिडियो साब चानचुने कहाँ हो र नेपालमा !

५. अरु नियमित प्रशासनको जिम्मेवारीका बारेमा त कुरा नै, गर्नु परेन उहाँहरुको।

६. अझ अहिलेको विश्व महामारीको व्यवस्थापन समेत जिल्ला जिल्लामा सिडियो साबकै जिम्मा छ । अचम्म लाग्छ, देख्दा सुन्दा र भोग्दा ।

७. तर दुःखको कुरा, नेपाल हो, जसलाई गार्हो पर्यो_ पर्यो, राज्यलाई खास मतलब हुँदैन । राज्यका माथिल्लो निकायमा रहेका अधिकारीहरू तथा पदाधिकारीहरुलाई यस्ता कुराहरूले असर गरेको हुँदैन । त्यही कारण एउटा सिडियोलाई यो सबै कुराहरूको जिम्मेवारी दिइएको छ ।

८. एउटा सिडियोले के के गर्ने हो ? के के विषयको बिज्ञ हुन्छन् सिडियोहरु ? जिल्ला जिल्लामा सिडियोलाई सहयोग गर्ने बिज्ञहरुको उपलब्धता कति छ नेपालमा ? केन्द्रमा त सही सल्लाह दिनेहरुको अभाव देखिन्छ ।।

९. तर माथिका कम्तीमा पनि एक देखि चार सम्मका जिम्मेवारी सिडियो साबबाट निकाल सरकार ।

१०. प्राकृतिक विपत्तिका लागि जिल्ला जिल्लामा नयाँ निकायको निर्माण गरौं । केन्द्रको एउटा निकायले सबैतिर सक्दैन। सीमा सुरक्षा चाहिँ जनपद पुलिस, ससस्त्र तथा सेनालाई जिम्मा दे सरकार।
अस्तु।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...