Thursday 19th March 2026

लघुकथाः एकान्त वास -घनश्याम पाैडेल


भ्यागुताको ट्वारट्वार आवाज ,झ्याउँकिरीको मर्चुङ्गे धुन, झ्यालबाट चियाइ रहेको चन्द्रमाको फिका प्रकाश सुसेली हाली रहेको जोगमाई खोला सबैले दिक्दार मात्र थप्छन् । घडीमा रातको २ बज्दा पनि निन्द्राको अत्तोपत्तो हुँदैन ।बिछ्याैना बिझाए झै लाग्छ। अनुहारमा सुलसुले हिडेको अनुभुती हुन्छ । बिझाउने चिसो सानो खाटमा छट्पटीएर रात बित्छ ।

आहा! मेरो पलङ खाली नै छ होला । पक्कै कोही सुतेको छैन । घरको ढोकामा ताला झुन्डिएको छ । डाइनिङ सिटीङ बेडरुमको याद आउँछ । पूजा कोठाको बत्ति संझिएर निरास लाग्छ ।

छिमेककी अञ्जलीले कति न्यास्रो मानेकी होला । ठुलो बाबा ठूलो ममी भनेर खोज्दी होला । बिहान चोकमा निस्कीएर गफ गर्ने साथीहरुले मेरो अनुपस्थितीले खल्लो मानेर बसेका होलान् ।

समयको कालखण्डसँगै कोभिडको समाचार रेडियो टेलिभिजनमा आउन थाले । बिस्तारै राजधानी, शहर बजार गाउँ गाउँमा फैलियो । मेरो समाज पनि अछुतो रहेन । वरिपरि संक्रमित देखिन थाले । निशेध आज्ञाले आउजाउ बन्द भयो तर कोभिड रोकिएन ।

घर बाहिर निस्कीन नपाउँदा घर नै जेल भयो । घर परिवार बचाउन गार्हो भयो । बाबू उत्सव साथीहरूसँग खेल्न जाँदा मन डरायो । कुनै उपायको खोजीमा थिएँ । झल्यास्स गाउँको घरको याद आयो । कति पनि ढिलो नगरी सामानहरु मिलाएर सपरिवार गाउँ आएँ । घर सरसफाइ गरेर बस्न थाले । गाउँ शान्त छ, सुन्दर छ तर पनि मलाई घरको यादले सताइ रहन्छ,घरको मायाले तड्पाइ रहन्छ ।

एकान्त वास साँच्चै एकान्त छ । चाहेर पनि कसैको मुख देख्न पाइँदैन । चेक चल्दैन, एटीएम चिनीदैन,पैसा भएर पनि सामान पाइँदैन ।निरासमा दिन र छट्पटीमा, निन्द्रा बिहिन रातहरु भयसँग भाग्दै बिती रहेका छन् ।

-घनश्याम पौडेल
माइजोगमाइ-१नयाँबजार इलाम


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...