Thursday 19th March 2026

दुईदिने नेपाल भ्रमण पुरा गरि हर्षबर्धन स्वदेश फिर्ता


तितोपाटी- भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुईदिने नेपाल भ्रमण पुरा गरि स्वदेश फर्केका छन । उनी शुक्रबार अपरान्ह नयाँ दिल्ली फर्केका हुन । नेपालमा रहदा श्रृंगला नेतृत्वको टोली र नेपाली टोलीबीच सचिव स्तरीय वार्ता भएको थियो । वार्ताका क्रममा भारतको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाबारे समेत भ्रमणमा छलफल भएको थियो । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत प्रमुख दलका नेताहरुसँग छलफल गरेका थिए । शृंगला विदेश सचिव बनेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन । उनको भ्रमणपछि एकबर्षदेखि रोकिएको नेपाल भारतविचको औपचारिक छलफल अघि बढ्ने विश्वास गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...